ऋषिङको दुबुङमा थालियो चियाखेती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १३:४२:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/chiya_bBC8Ieohwr_CSqgTcW9CI.jpg)
२२ साउन, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङगस्थित दृश्यावलोकन स्तम्भ परिसरमा एक हजार चियाका बिरुवा लगाइने भएको छ । गाउँपालिकाले पहिलो पटक परीक्षणका रुपमा चियाका बिरुवा लगाउन खाडल खन्ने काम सुरु गरेको छ ।
तीन दिनदेखि बिरुवा रोप्नका लागि खाडल खन्ने कार्य तीव्ररुपमा भइरहेको गाउँपालिकाले जनाएको छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटर उचाइमा यस स्थानमा चियाखेती गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
उक्त स्थानमा चिया बगान बनाएर पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको प्रवक्ता दरैले बताए । उनका अनुसार एक हजार खाडल खन्नुपर्नेमध्ये तीन दिनको अवधिमा ५० प्रतिशत बढी खाडल खन्ने कार्य सम्पन्न भएको छ ।
उनले भने, “चियाखेती राम्रो भएमा अन्यत्र स्थानमा पनि विस्तार गर्दै लैजाने योजना रहेको छ ।” उनका अनुसार अहिले परीक्षणका रुपमा लगाउन लागिएको हो । “इलामबाट चियाका बिरुवा मगाइएको छ । प्रति बिरुवा रु दश पर्ने भए पनि लामो दूरीबाट ल्याउनुपर्ने भएकाले ढुवानीमा कठिनाइ भएको छ”, उनले भने, “बिरुवा ल्याएको तीन दिनभित्र लगाइसक्नुपर्ने भएकाले त्यसका लागि अग्रिम खाडल खन्ने कार्य भरहेको छ ” ।
]गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार चियाको बिरुवा, मल, खाडल खन्ने र ढुवानीसमेत गरी करिब रु दुई लाख खर्च हुने अनुमान गरिएको छ । “इलामबाट एक/दुई दिनमा बिरुवा आइपुग्छ होला अनि धमाधम बिरुवा रोप्ने काम सुरु गरिनेछ”, उनले भने ।
एउटा बिरुवाका लागि झण्डै आठ किलोग्राम मल आवश्यक पर्ने उनले बताए । उनले भने, “गाउँपालिकाले थालेको यस अभियानमा कतिपय स्थानीय मानिस स्वःस्फूर्त श्रमदानमा खटिएका छन् ।” स्थानीयको सक्रियताले गाउँपालिकालाई थप ऊर्जा मिलेको छ ।
पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि गाउँपालिकाले यस स्थानमा घरवास, पोखरी निर्माण, चिल्ड्रेन पार्क, सिँढी निर्माण लगायतका संरचना निर्माण गरिसकेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार