झोलुङ्गे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गरिने
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १५:५९:३९
२२ साउन, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित तीन सय ५० घरधुरी रहेको नारायणी पारी सुस्तामा विद्युत् प्रसारण लाईन विस्तार हुने भएको छ । एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गर्न लागिएको हो ।
सङ्घीय सरकारको सौर्य मिनी ग्रिड परियोजनाको रु चार करोड ८० लाख लागतमा उज्यालो सुस्ता अभियानको घोषणा गर्दै सुस्तामा सोलार प्रणाली जडान गरिएको थियो । तर सोलार पटक–पटक बिग्रिने र सुस्तावासीलाई पर्याप्त विद्युत् नपुग्ने समस्या थियो । अहिले नारायणी नदीमा झोलुङ्गे पुल निर्माणसँगै विद्युतीकरण हुने भएपछि सुस्तावासी अब अँध्यारोमा बस्नुपर्ने बाध्यताबाट मुक्त हुने सुस्ता बचाउ अभियानका अभियन्ता रवीन्द्र पटेलले बताए ।
सोलार प्रणालीको जडानसँगै सुरु भएको उज्यालो अभियान विद्युतिकरणसहित पूरा हुने भएको हो । झोलङ्गे पुलमा विद्युत् सुरक्षाको पूर्ण मापदण्ड पूरा गरी विद्युत् प्रसारण लाइन पुलको सहारामा पारी सुस्ता पु¥याउन लागिएको नेपाल प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिए ।
केन्द्र प्रमुख झा का अनुसार हालसम्म छ सय मिटर तार तानिएको छ, “नेपालमा यस्तो प्रकृतिको विद्युतीकरणको काम पहिलो भएकोले हामीलाई पनि चुनौती छ” उनले भने । वारी सुस्ता र पारी सुस्ता दुवै तर्फ विद्युतीकरणको पोल र तार राखिसकिएको र अब झोलुङ्गे पुलमा आउँदो महिनाभित्र राखिसक्ने विद्युतीकरणको ठेक्का पाएको एम डि राजा निर्माण सेवाले जनाएको छ । सो कार्यका लागि रु एक करोड ३० लाख लागत लाग्ने छ । सो रकम प्राधिकरणको स्रोतबाट खर्च गरिने बर्दघाट वितरण केन्द्रका प्रमुख झाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार