बंगलादेशमा संसद् भंग, जेलबाट नेतृ खालिदा जिया रिहा
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १६:५:३०
२२ साउन, काठमाडौं । बंगलादेशको संसद भंग भएको छ । जेलमा रहेकी बीएनपी अध्यक्ष खालिदा जियालाई पनि रिहा गरिएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका हुन् ।
राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा जनाइएको छ । अहिले अन्तरिम सरकार गठनका लागि छलफल भइरहेको छ ।
विज्ञप्तिमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको उल्लेख छ । विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरुलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि जनाइएको छ । विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताइसकेका छन् । उनीहरुले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सार्नुपर्ने माग गरेका छन् ।
आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि मुलुकलाई नयाँ दिशा दिनका लागि संसद् विघटन गरिएको हो । हसिना देश छोडेर भागेकी छन् । उनी अहिले भारतमा छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार