राजनीतिक रुपमा पुर्वाग्रह राखेर हिलो छ्प्यानु अलग कुरा हो, तर मैले भ्रष्टाचार गरिन र गर्दिनः ओली
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १६:३५:२७
२२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जानेर भ्रष्टाचार नगरेको बताएका छन् । उनले आफ्ना पछाडि कसैले भ्रष्टाचार गरेको भए अलग कुरा तर, आफूले यस्तो नगरेको र नगर्ने बताएका छन् । समृद्ध देश बनाउन भ्रष्टाचार एउटा भयानक तगारो रहेको उनको भनाइ छ ।
मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मूल पार्न सरकार प्रतिबद्ध रहेको दाबी गरे । ‘समृद्ध देश बनाउने र देशका जनतालाई सुखी बनाउने दिशामा हामी अगाडि बढिरहेका छौँ,’ उनले भने, ‘यसमा एउटा भयानक र खतरनाक तगारो भनेको भ्रष्टाचार हो । भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार कटिबद्ध छ ।’
भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको बताए । ‘कहिल्यै भ्रष्टाचार गरिनँ, गर्न इजाजत दिएको छैन । मेरो नजरभन्दा बाहिर भएको भए बेग्लै कुरा हो,’ चित्रगुप्तका पनि अगाडि जवाफ दिन तयार रहेको भन्दै उनले भने, ‘मेरो बुताभन्दा बाहिर अरूले गरेको कुरा रोक्न नसकिएको होला । तर गर्न दिएको होइन ।’
छलफलमा रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको प्रतिबद्धता पुरानै भएको भन्दै कसरी भन्ने प्रश्न गरे । दलहरूको संलग्नता जगजाहेर रहेको भन्दै उनले सोधेका थिए, ‘यसलाई अन्त्य गर्न निरन्तरको प्रतिबद्धता पर्याप्त होला र ?’ । प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र नसहने भन्दै दलीय आधारमा लाञ्छित नगर्न आग्रह गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले दलीय आधारमा हिलो छ्यापेर चर्चाको खोजी नगर्न सुझाव दिए । यहाँ मेरो प्रतिबद्धता विगतकै जस्तो हो कि ?’ भन्नुभयो, प्रतिबद्धता उस्तै हो, मैले कहिल्यै भ्रष्टाचार गरिनँ र सहिनँ पनि । राजनीतिक रूपमा हिलो छ्याप्नु बेग्लै कुरा, यो घर्तीको अदालत मात्र हैन, चित्रगुप्तको अदालत अगाडि भन्न सक्छु । उनले आफूलाई सम्पत्ति कमाउन आवश्यक नभएको बताए । मलाई कुनै सम्पत्ति आवश्यक छैन । राज्यको सम्पत्ति अपचलन गरेर मलाई आफ्नो बनाउनु छैन, ओलीले भने ।
अरूलाई पनि भ्रष्टाचार गर्न नदिने उनले पटक–पटक दोहोर्याए । सामाजिक सञ्जालमा गाली गरे, मुख छाडेर लेख लेखे होला, बेग्लै कुरा । तर, यहाँ भन्छु– मैले भ्रष्टाचार गरिनँ, कसैलाई गर्न पनि दिएको छैन । उनले भ्रष्टाचारका मामलामा कसैको अनुहार नहेरी कडा नीति अपनाउने सुनाए । प्रचारबाजी हैन यो, देशका लागि काम गर्ने हो । म यस समितिलाई एस्योर (आश्वस्त) गर्न चाहन्छु, ओलीले भने, सरकारको एउटा मात्र गल्ती भेटे पनि समितिमा बोलाउनुस् । कुनै दिन तलमाथि हुन दिन्न, ढुक्क हुनुहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार