प्रधानमन्त्री ओलीसँग मधेसका मुख्यमन्त्रीले राखे २२ माग
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १७:५:३६
२२ साउन, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सरकारले अघि सारेका कार्य योजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् । २२ बुँदामा समेटिएको पत्रमार्फत मुख्यमन्त्री सिंहले प्रदेश विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुर्याउन ओलीसमक्ष माग गरेका छन् ।
उनले जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर सौन्दर्यीकरणबारे, हुलाकी राजमार्ग अन्तर्गत कमला पुललगायत अन्य पुल निर्माण कार्य पुरा गरी हुलाकी राजमार्गको कार्यको शीघ्र सम्पन्नता, निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको प्रदेशका प्रमुख शहरसँग सम्पर्कको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
जनकपुर जयनगर रेल्वे यातायात मालवाहक सेवाका लागि मालवाहक रेलको व्यवस्था हुनुपर्ने, जनकपुरधामस्थित १२ बिघालाई सुव्यवस्थित गर्न आवश्यक पहल, मधेस प्रदेशका जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोर निर्माण हुनुपर्ने र कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोतसाधनमा सहयोग गर्न भनेका छन् ।
यसै गरी भारतीय रेल नेटवर्कसँग जोडिएका दुई वटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत र साधनको प्रबन्ध, कृषि अनुदान कृषकको खातामा सिधै जानुपर्ने व्यवस्था, प्रदेश स्तरमा व्यापार तथा निर्यात केन्द्र सञ्चालन, बारा तथा पर्सामा औद्योगिक कोरिडोर कार्यान्वयनमा सहयोग पुर्याउन आग्रह गरेको छ ।
हरेक जिल्लामा औद्योगिक क्षेत्र निर्माण, मधेस प्रदेशमा आइटी पार्क निर्माण, वीरगञ्ज ड्राइपोर्टको क्षमता अभिवृद्धि, लजिस्टिक कस्ट कम गर्न सिपिङ कम्पनी तथा पोर्ट अपरेटर दर्ता प्रक्रिया अघि बढाउनुपर्ने, कस्टम प्वाइन्ट डिएफ मनी एक्सचेन्ज काउन्टर, रेट डिस्प्ले, टुरिजम इन्फरमेसन, भ्याट रिफन्ड सेन्टर, टिफ इजी रेस्टुरेन्ट आदिको व्यवस्था, भारतीय पर्यटकहरूलाई नगद ल्याउने सुविधा बढाएर दुई लाख भारतीय रुपैयाँ ल्याउन अनुमति प्रदानलगायतका विषय समाविष्ट छन् ।
उनले भारतीय पर्यटकहरूले प्रयोग गने भारतीय नम्बरको सवारीसाधनलाई दिइने इजाजतको सुविधा अनलाइनमार्फत गर्न आवश्यक व्यवस्था, ट्रेड एन्ड एक्सपोर्ट काउन्सिलका एकाइलाई प्रदेश स्तरमा कार्य गर्न आवश्यक व्यवस्था, श्रम अदालतको सेवा विस्तार, राजविराज विमानस्थलबाट माउन्टेन फ्लाइट १० मिनेट लाग्ने हुँदा माउन्टेन फ्लाइट सञ्चालन र जीटुजी मार्फत सिमेन्ट कम्पनीले भारतको मार्केटमा पहुँच पु¥याउन सङ्घीय सरकारबाट आवश्यक पहल हुनुपर्ने मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई पत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत’
असोज ३, २०८१ बिहिबार
‘विश्वशान्ति तथा मानवकल्याण नै सबै धर्मको मूल निचोड हो’
असोज १, २०८१ मंगलबार
राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न
भदौ ३०, २०८१ आइतबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार