त्रिशुली बस दुर्घटनाका मृतक र बेपत्ताका परिवारलाई जनही २ लाखका दरले राहत दिन कार्यदलको सिफारिस
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार १७:२४:५८
२२ साउन, काठमाडौं । त्रिशुलीमा बेपत्ता दुई बसका बेपत्ता यात्रु र मृतकका परिवारलाई जनही २ लाखका दरले राहत दिन सिफारिस गरिएको छ । कार्यदलले सनाखत भएका १९ जना र बेपत्ता ४० जना पीडितको घर ठेगाना जिल्ला प्रशासन कार्यालयबाट मगाएर राहत दिनुपर्ने सिफारिस गरेको हो । घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सिफारिस गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनाको छानबिन गर्न गृहका सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाइएको थियो । उक्त कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई मृतक सरह राहत दिन सिफारिस गरेको हो ।
विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था छ । प्राकृतिक प्रकोपकै कारण सिमलतालमा दुई वटा डीलक्स बस दुर्घटना भएको निष्कर्ष निकाल्दै कार्यदलले बेपत्ता परिवारलाई पनि सो मापदण्ड अनुसार राहत दिन सिफारिस गरेको हो ।
गृहमन्त्री लेखक पदबहाली भएपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । सो कार्यदलले प्रतिवेदन पेश गर्दै विपद व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको छ ।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जन र धनको क्षति भइरहेको प्रति चिन्ता व्यक्त गरे । गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताए । सडक दुर्घटना न्यूनीकरणका लागि सबैखाले पहल गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार