४२ जना लागुऔषध कारोबारी पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार २०:२५:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/1558358287Arrested-e1653290922944_FEr5nVR0Cp_haZH0lamGt.jpg)
२२ साउन, धरान । सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागुऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ । सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागुऔषधसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्नेक्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताए । गत आवमा गाँजामात्र एक हजार एक सय तीन केजी नियन्त्रणमा लिएको थियो ।
त्यस्तै ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल २३ हजार सात सय एक थान, स्मास्पो प्रोभेक्सिभोन छ सय ९९ थान, नाइट्राजेपाम एक सय ८२ थान, डाइजिपाम २६ थान, बुप्रेनफिन २७ थान, लुपी/टिटी जेसिक ४० थान र डाइकोलिक दुई सय थान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधिमा लागुऔषध ओसारपसारमा प्रयोग भएका दुई वटा एम्बुलेन्स, १२ वटा मोटरसाइकल र एउटा अटो पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
भारतसँग खुला सीमानाका भएका कारण अधिक रुपमा लागुऔषध ओसारपसार हुने गरेको छ । नेपालका पहाडी क्षेत्रबाट भारततर्फ गाँजा लैजाने क्रम बढेको पाइएको छ । लागुऔषधका कारोबारीले नेपालबाट भारततर्फ गाँजा लैजाने र अन्य लागुऔषध भारतबाट नेपालतर्फ ल्याउने गरेका सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
सप्तकोशी नदीको जलमार्ग र लागुऔषध ओसारपसार हुने क्षेत्रको रेखाङ्कन ती सबै ठाउँमा सुरक्षा व्यवस्थापन कडाइ गरिएको छ । सबैभन्दा धेरै लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ सप्तकोशी नदीको जलमार्गमा सुरक्षा कडाइ गरिएको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
फागुन १, २०८१ बिहिबार
६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरीको नियन्त्रणमा
माघ २५, २०८१ शुक्रबार
उर्लाबारीका आईफोन रिटेलर कार्कीको पसलबाट तीन करोड बढीको मोबाइल चोरी
माघ २२, २०८१ मंगलबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द
फागुन २, २०८१ शुक्रबार
महोत्तरीमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
डान्सबारमा कुटपिट हुँदा एकको मृत्यु, ३ जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबेर युवकको मृत्यु
फागुन २, २०८१ शुक्रबार
पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’