नेपाल र भारतबीचको आजको खेल निकै रोमाञ्चक हुने
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार ११:२८:२५
२३ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपाल र भारतबीच हुने भिडन्त निकै रोमाञ्चक हुने भएको छ । खेल हेर्न नेपालका भीभीआईपी र भीआईपी उपस्थित हुने भएका छन् । नेपाली टोलीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् ।
प्रधानमन्त्री जाने भएपछि सरकारका केही मन्त्री र सचिवहरू पनि उपस्थित हुनेछन् । आज दर्शकहरुको पनि राम्रो उपस्थिति रहने देखिएको छ । फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ ।
नेपाल भलिबल संघका अनुसार सर्वसाधारणको पनि उपस्थिति बाक्लो हुने देखिएको छ । ठाउँ सीमित छ । प्रधानमन्त्री ओली खेल हेर्न आउने भएपछि सरकारी कर्मचारी र भीआइपीहरुको पनि संख्या बढ्छ । यसको लागि म्यानेज गर्ने काम भइरहेको छ । सेमिफाइनलमा नेपालले इरानलाई तथा भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका हुन् ।
त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । यसले पनि नेपाली दर्शक खेल हेर्न हौसिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार