टीआरसी विधेयक पारित गर्न शीर्ष नेता सहमत, बेपत्ताको खोजी र सत्य निरुपणलाई अन्तिम रुप दिइने
केदार भट्टराई (काका)
साउन २३, २०८१ बुधबार १२:४७:२
२३ साउन, काठमाडौं । तीन दलका शीर्ष नेताले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमतिलाई निर्वाचनपछिको पहिलो उपलब्धि भएको बताएका छन् । उनीहरुले टीआरसी विधेयकलाई संसदको यही अधिवेशनबाट पास गराउन प्रतिबद्धता पनि जनाएका छन् ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन यो सहमति महत्वपूर्ण भएको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सहमतिअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउदा विश्वका लागि अनुकरणीय काम हुने बताए । उनले यो काम सबैको पहलमा सफल बनाउने बताए ।
अब कानुनका हिसाबले शान्ति प्रक्रियाको अन्तिम किस्ता बेपत्ताहरुको खोजबिन र सत्य निरुपणलाई अन्तिम रुप दिने कानुनी बन्ने उनीहरुले बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषयमा सहमति खोज्न गठित कार्यदलले बुधबार शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझेपछि प्रमुख प्रतिपक्षी दल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति नेताहरूका लागि मात्र खुसीको विषय नभएको बताए । उनले यसलाई मैले नयाँ सरकार बनेपछि भएको एउटा उपलब्धि मानेको बताए । उनले यो विधेयकलाई संसदको यही अधिवेशनमा पेश गरेर पास गर्न समेत आग्रह गरे । ‘यसपटक फूल हाउसमा जाओस् र यसलाई टुङ्ग्याइयोस् भन्ने मेरो चाहना छ । म सरकारसँग यसको निम्ति विशेष आग्रह गर्न चाहन्छु,उनले भने ।
प्रधानमन्त्री ओलीले पनि कानुन कार्यान्वयनमा सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कानुन पास गर्न हामी सबैको भूमिका छ नै । कार्यान्वयन गर्दा पनि जटिल परिस्थिति आउँछ, त्यसमा हामी सबै सहकार्य र सहमतिका साथ अगाडि बढ्न आवश्यक हुन्छ, उनले भने । ओलीले आयोगहरूको गठन पुनर्गठन के–के गर्नुपर्छ, सहमतिका साथ अगाडि बढाइने बताए ।
प्रतिनिधिसभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार