बंगलादेशमा हिँसा : हसिनाको पार्टीका नेता, प्रहरी र कलाकारको हत्या
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार १२:५९:४
२३ साउन, काठमाडौं । बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग र यसका सहयोगी दलका कम्तीमा २९ नेता र उनका परिवारका सदस्यको शव भेटिएको छ । यसमा अवामी लिगका २० नेता रहेको मिडिया रिपोर्टमा बताइएको छ ।
त्यस्तै ढाका ट्रिब्यूनका अनुसार अहिलेसम्म कम्तीमा ५० जना प्रहरी मारिएका छन्। ढाकाबाहेक देशका अधिकांश प्रहरी चौकी जलाइएको छ भने प्रहरीले चौकी छोडेर भागेका छन् ।
सबै प्रहरी ज्यान जोगाउन डराएर भागेका छन् । अवामी लिगसँग आबद्ध धेरै वरिष्ठ प्रहरी अधिकारी आफन्तसँग लुकेर बसेको मिडिया रिपोर्टमा बताइएको छ ।
देशभरका चार सयभन्दा बढी प्रहरी चौकीमा आक्रमण, तोडफोड, आगजनी र लुटपाटका घटना भएको रिपोर्टमा उल्लेख छ । बंगलादेशमा भएको हिंसात्मक प्रदर्शनका कारण पछिल्लो १५ दिनमा अर्बौको नोक्सान भएको छ ।
बंगलादेशको जोशोरस्थित अवामी लिगका नेताको आलिशान होटलमा आगजनी गरिएको छ । यसमा २९ जना जिउँदै जलेका थिए । जसमा इन्डोनेसियाका एक व्यक्ति पनि परेका छन् ।
ढाकाको धानमण्डीमा चर्चित बंगाली गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा आगजनी भएको छ । जलाउनुअघि उनको घर पनि लुटिएको थियो । आनन्द, उनकी श्रीमती र छोरा आक्रमणबाट बच्न सफल भएको बताइएको छ । आगलागीबाट राहुलको घरमा राखिएका ३ हजार वाद्ययन्त्र जलेर नष्ट भएका छन् ।
त्यस्तै बंगलादेशी अभिनेता शान्तो खान र उनका निर्माता बुबा सलीम खानलाई भीडले कुटपिट गरी हत्या गरेको छ । सलिम हसिनाको पार्टी अवामी लिगसँग आबद्ध थिए । उनले हसिनाका बुबा मुजीब(उर(रहमानमा आधारित फिल्म निर्माण गरेका थिए । ढाका ट्रिब्यूनको रिपोर्टका अनुसार उनी सोमबार घरबाट भागिरहेका थिए । उनलाई फरक्काबाद बजारमा भीडले घेरेको थियो । त्यसपछि उनीहरूले गोली चलाएर आफूलाई बचाए तर पछि घेरिए । शान्तो खानले ‘बाबुजान’, ‘तुंगीपारा मिया भाइ’ र ‘बिक्सोभ’ जस्ता बंगाली फिल्ममा काम गरेका थिए । उनीमाथि सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलिरहेको थियो ।
बंगलादेशमा मङ्गलबार अवामी लिगका नेता र उनीहरुका परिवारका कम्तीमा २९ जनाको शव फेला परेको छ । यसमा अवामी लिगका २० नेता पनि छन् । अवामी लिग सम्बद्ध पूर्व काउन्सिलर मोहम्मद शाह आलमको अशोकतलामा रहेको तीन तले घरमा आतङ्ककारीहरूले आगजनी गरेका थिए जसमा ६ जनाको मृत्यु भएको थियो । त्यस्तै नेटोर–२ का सांसद शफिकुल इस्लाम शिमुलको घरमा भीडले आक्रमण गरी आगजनी गरेको छ । जसमा ४ जनाको मृत्यु भएको छ ।
त्यस्तै लालमोनिरहटमा अवामी लिगका नेता सुमन खानको घरमा मानिसहरूले आगजनी गरेका छन् । उनको घरबाट ६ जनाको शव भेटिएको थियो । अवामी लिगको सहयोगी जुबा लिगका नेता मुस्फिकुर रहिमको शव सोनागाजी उपजिल्लाको पुलमुनि फेला परेको छ । उनी युवा लिगमा सचिव पदमा थिए । फेनी जिल्लामा अर्का युवा नेता बादशाह मियाँको शव बिहान फेला परेको छ ।
यसैबीच नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेकी शेख हसिना अहिले भारतमा रहेकी छन् । अमेरिकाले उनको भिसा अस्वीकृत गरेको बताइएको छ भने उनले बेलायतमा शरण मागेको र यसको प्रक्रिया चलिरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न
मंसिर ३०, २०८१ आइतबार
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित
मंसिर ३०, २०८१ आइतबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार