राना समुदायले आज तीज पर्व हर्षोल्लासका साथ मनाउँदै
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार १३:८:४९
२३ साउन, कञ्चनपुर । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायले तीज पर्व आज हर्षोल्लासका साथ मनाउँदै छन् । राना समुदायका महिलाहरूले दाजुभाइ र भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर मनाउने प्रचलन छ ।
तीज राना समुदायको महान पर्व हो । हिन्दू धर्मावलम्बीले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन छ भने राना समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गर्दछन् । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राना समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदी बहिनीको घरमा गएर निम्ता दिने गर्छन् । तीजका दिन पुरी, पापड, सेमइ, पकौडा, गुलगलालगायतका विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई खुवाउने परम्परा रहेको भीमदत्त नगरपालिका–१६ का स्थानीय केशमति रानाले बताइन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै परम्परागत पोसाकमा सजिएर तीज पर्व मनाउने गर्दछन् । यो समुदायले साउन महिनाभर मनाउने सावनकी डोला पर्वको क्रममा तीज मनाउँछन् । सावनकी डोला (पिङ)मा दिदीबहिनी तथा साथी भाइसँग रमाइलो गर्दछन् । “अन्य समुदायमा श्रीमान्को लागि तीजको व्रत लिन्छन् तर हाम्रो समुदायमा दाजुभाइ र भतिजाको लागि व्रत लिइन्छ”, स्थानीय केशमति रानाले भनिन्, “पन्ध्र दिनसम्म आफन्तसँग रमाइलो गरी तीज मनाउछाैँ, यो हाम्रो ठूलो चाड हो ।”
तीजमा राना समुदायका महिलाहरु दिनभरि पानीसमेत नखाइ निराहार व्रत बस्ने गर्दछन् । साँझपख कुशको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्ने गर्दछन् । त्यसरी काटिएको कुशलाई नदीमा लगेर सेलाउने चलन छ । नदीमा कुश बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति लामो हुने धार्मिक विश्वास रहेको स्थानीय गोमती रानाले बताइन् ।
“जति लामो पानीको धार हुन्छ दाजुभाइको त्यति लामो आयु होस् भन्ने कामना गर्दछौँ”, उनले भनिन् । तीजमा विवाहित महिलासमेत माइतमा आएर रमाइलो गर्ने गर्दछन् । राना थारू समुदायको महिलाले आ–आफ्नो माइतमा बसेर व्रत बसी तीज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै रमाइलो गर्ने गर्छन् ।
“तीज आउनु अगावै दाजुभाइ आफ्ना दीदीबहिनीलाई बोलाउन जान्छन्”, स्थानीय अस्मिता रानाले भनिन्, “हामी पानीसमेत नखाइ दाजुभाइको दीर्घायुका लागि व्रत बस्छौँ ।” यो समुदायमा तीज पर्व पछिल्लो समय नयाँ पुस्ताकोसमेत रोजाइमा पर्न थालेको र पुस्तान्तरण भइरहेको बुढापाकाहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार