नेपाल टेलिकमका कर्मचारीले भने- सरकार हामीलाई प्रबन्ध निर्देशक चाहियो ?
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार १३:५१:१२
२३ साउन, काठमाडौं । नेपाल टेलिकमका कर्मचारीले सरकारसँग चाँडो प्रबन्ध निर्देशक नियुक्ति गर्न माग गरेका छन् । नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिमा भइरहेको ढिलाइप्रति चासो राख्दै राजनीतिक चलखेलले लामो समयदेखि प्रबन्ध निर्देशक नियुक्ति रोकिनु दुखद भएको बताएका छन् ।
उनीहरुले विज्ञप्ति जारी गर्दै तीव्र प्रबन्ध निर्देशक नियुक्ति नहुँदा कम्पनीको सेवा विस्तार, गुणस्तर सुधार, ग्राहक सन्तुष्टिका साथै दूरसञ्चारसम्बन्धी नीति कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण काम रोकिएको भन्दै अग्रणी दूरसञ्चार सेवा प्रदायक संस्थामा लामो समयदेखि निमित्तको भरमा चल्नु उचित नभएको बताएका छन् ।
कर्मचारी युनियनले प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया तीन महिनादेखि थाँती रहँदा यसले अन्योल सिर्जना गरेको जनाएको छ । उम्मेदवारहरूको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्तासमेत भइसकेको सन्दर्भमा हालसम्म प्रबन्ध निर्देशकको नियुक्ति नहुनुले संस्थामा अन्योल सिर्जना भएको उनीहरुको भनाइ छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ २२ मा प्रबन्ध निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
मन्त्रालयले आवेदन स्वीकृत भएका १६ जना उम्मेदवारलाई असार २०, २१ र २२ मा कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाएको थियो । अघिल्लो सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको अगुवाइमा टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइए पनि सरकार परिवर्तनसँगै अन्तिम निर्णय हुन सकेको छैन । टेलिकमको कर्मचारी युनियन प्रतिनिधिहरूले संस्था बाहिरका व्यक्तिलाई प्रबन्ध निर्देशक नियुक्त गरेमा टेलिकमको ढोका बन्द गर्ने चेतावनी उनीहरुको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार