प्रभु बैंकको अर्को झुट, बैंकले पैसा जम्मा गर्दा दिएको रसिद कसरी भयो नक्कली ?
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार १५:२६:३६
प्रभु बैंकको अर्को झुट, बैंकले पैसा जम्मा गर्दा दिएको रसिद कसरी भयो नक्कली ?
२० साउन, काठमाडौं । एकपछि अर्को गर्दै ग्राहकलाई झुक्याउँदै आएको प्रभु बैंक लिमिटेडले झापाको बिर्तामोड शाखाबाट हराएको १ करोड १९ लाख रकमका विषयमा अर्को अपत्यारिलो झूट बोलेको छ । बैंकले उक्त रकम जम्मा गर्दा दिएको रसिद अहिले आएर नक्कली भएको दावी गरेको छ । बैंकमा पैसा जम्मा गरेपछि आफैंले दिएको रसिदलाई बैंकले आफ्नाे नभएर नक्कली भएको दावी गरेको हो ।
झापाको बिर्तामोडमा रहेको प्रभु बैँकको शाखामा कार्यरत बजार प्रबन्धक प्रमोद सिटौलाले ग्राहकको १ करोड १७ लाख रकम हिनामिना गरेका थिए । बैंकको कार्यकारी बोर्ड नै अहिले सिटौलाको बचाउमा लागेको छ । झापा बिर्तामोडका मञ्जु नेपालले राखेको फिक्स डिपोजिट खाताबाट सिटौलाले राखेको १ करोड १७ लाख रकम अपचलन भएपछि बैंकले आफूले दिएको रसिद पनि नक्कली भएको दावी गरेको हाे ।
बैकमा मार्केटिङ म्यानेजरको रूपमा कार्यरत सिटौला भने अहिले फरार रहेका छन् । बैंकमा कार्यरत सिटौला फरार भएका कारण घटनाका विषयमा अनुसन्धान भइरहेको समयमा बैंकले आफूले दिएको रसिद नै नक्कली भएको दावी गरेको छ तर, प्रभु बैंकको यो झूट सही नहुने बैंककै कर्मचारीहरू बताउँछन् । बैंकले मञ्जुकुमारी नेपालको खातामा रहेको भनिएको मुद्दती निक्षेपको रकम नभएको र उक्त खातामा जम्मा गरिएको रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट पनि नक्कली भएको जनाएको छ ।
बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त मुद्दती खाताको रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभएर नक्कली रहेको जनाएको हो । तर, मञ्जुकुमारीले बैंकमा रहेको आफ्नो खातामा जम्मा गरिएको एक करोड १९ बाट एक करोड १० मुद्दती खातामा जम्मा गरिएको रकम अवधि सकिएपछि फिर्ता माग्न जाँदा खातामा रकम नभएको जवाफ आएको थियो ।
बैंकभित्र भएको वित्तीय अपराधमा संलग्न कर्मचारीलाई कर्बाही गर्नुपर्नेमा बैंकका सीईओ अशाेक शेरचनले नै संरक्षण गरेको पीडितको गुनासो छ । घटना बाहिरिएपछि बैंकका मार्केटिङ म्यानेजर सिटौला गत बुधबारदेखि सम्पर्कबिहीन छन् । घटनाको छानबिन गरि दोषीलाई कार्बाही गर्ने आश्वासन दिएको बैंकले भने रकम जम्मा गरेको प्रमाण नै नक्कली रहेको हास्यास्पद जवाफ दिएर उम्किने प्रयास गरिरहेको छ ।
बैंकको नाममा जम्मा गरिएको मुद्दती निक्षेपको रसिद त नक्कली भन्ने कुराले बैंकलाई नै अप्ठ्यारो पार्ने पनि देखिन्छ । बैंकले दिने व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट कसरी नक्कली बन्यो भन्ने कुराको पनि उसले जवाफ दिनुपर्ने देखिएको छ । बैंकले नक्कली व्यालेन्स सर्टिफिकेट बनाउने काम गरिरहेको कुरा उसको विज्ञप्तिले नै पुष्टि पनि गर्न खोजेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
पुष ९, २०८१ मंगलबार
बयानका लागि रविसहित ४ जनालाई लगियो अदालत, जोशीको सकिएपछि मात्र आउनेछ अरुको पालो
पुष ९, २०८१ मंगलबार
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
क्रिसमसको तयारी
पुष ९, २०८१ मंगलबार
सोमबार रातिदेखि हुम्लामा हिमपात
पुष ९, २०८१ मंगलबार