१०८ अंकले नेप्से बढ्दा कारोबार भने ५ अर्ब ७७ करोडको गिरावट
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार १५:२६:४६
२३ साउन, काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ भने कारोबार रकम भने घटेको छ । धितोपत्र दोस्रो बजार मापक परिसूचक नेप्से १०८.३५ अंकले बढेको छ । बुधबार नेप्से ४.०८ प्रतिशतले बढेर दुई हजार ७५९.६७ को विन्दुमा पुगेको हो ।
कारोबारमा रहेका सबै उपसमूहको समूहगत परिसूचक बढेको छ । १३ वटा उपसमूहमध्ये सबैभन्दा धेरै कमाउनेमा अन्य क्षेत्र ७.८९ र फाइनान्स क्षेत्र ७.६३ प्रतिशतले बढेको छ । होटेल, हाइड्रो र व्यापार क्षेत्रको समूहगत परिसूचक पाँच–पाँच अंकले बढेको छ ।
यसदिन तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा करिब पाँच अर्ब ७७ करोडले कम हो ।
बुधबार ९ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक दश प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा एनआईसी एसिया डिबेन्चरको ३.८२ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार बुधबार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको शेयर मूल्य घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२६ अंकले घटेर २५९७ अंकमा झर्यो नेप्से परिसूचक, ६ अर्ब ७७ करोडको शेयर खरिदबिक्री
असोज १६, २०८१ बुधबार
११४ अंकले बढेर २६२३.५६ विन्दुमा पुग्यो नेप्से, ७ अर्ब ६१ करोडका शेयर खरिदबिक्री
असोज १५, २०८१ मंगलबार
झरीपछि शेयरबजारले समात्यो लय, ४४ अंकले बढेर २५०० विन्दुबाट उक्लियो नेप्से
असोज १४, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार