कांग्रेस केन्द्रीय समिति बैठकमा परिमार्जित प्रस्तावमा भोलिबाट छलफल हुने
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार १७:५८:३७
२३ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि बिहीबारबाट छलफल हुने भएको छ ।
प्रवक्ता डा प्रकाशशरण महतका अनुसार बुधबार आज बसेको बैठकमा ११ वटा एजेन्डा पेस भएका छन् । महासमिति बैठकमा पेस भएका विभिन्न प्रस्तावलाई केन्द्रीय समितिका पदाधिकारीले परिमार्जन गरेको प्रवक्ता डा महतले बताए । ती परिमार्जित प्रस्तावमा भोलिबाट छलफल हुने डा महतले जनाएका छन् ।
आजदेखि सुरु भएको बैठकमा महामन्त्री थापाले भदौ १५ देखि मंसिर २५ सम्म सांगठनिक अभियान चलाउने प्रस्ताव दर्ता गराएका हुन् ।त्यसका साथै महामन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको सहमतिमा पनि छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
अनुशासनको कारबाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, जनसम्पर्क समिति लगायतमा पनि छलफल गर्नुपर्ने उनको प्रस्ताव छ ।
भ्रातृ संघ, शुभेच्छुक संस्था, निर्देश समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण, नवीकरण प्रक्रिया सम्बन्धमा पनि थापाले प्रस्ताव गरेका छन् । त्यसका साथै नियमावली संशोधन प्रस्ताव, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका २०८१ लगायत विषय पनि थापाको प्रस्तावमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार