प्रहरीद्वारा बिलविजक नभएका खाद्य सामग्री बरामद
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार २१:२१:५१
२३ साउन, धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित प्रहरी जाँचको क्रममा आवश्यक बिलविजक तथा कागजात नभएका खाद्य सामग्री बरामद गरिएको छ । प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार महेन्द्रनगर धनुषाबाट काठमाडौँ आउँदै गरेको मधेस प्रदेश ०२–००१ ख ०२१८ नम्बरको ट्रकसहित सामग्री बरामद गरिएको हो ।
जाँचको क्रममा ब्यञ्जन बास्मती चामल २० किलोको पाँच बोरा, अन्नपूर्ण चामल २५ किलोको ४० बोरा, दाल ३० किलोको १८ बोरा र २५ किलोको सात बोरा, केराउ ३० किलाको पाँच बोरा र चिनी ५० किलोको एक सय ५० बोरा रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। बरामद गरिएको खाद्यान्नसहित नियन्त्रणमा लिएको ट्रक आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार