सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार २१:३६:३२
२३ साउन, सुदूरपश्चिम । यही साउन ८ गतेदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभा अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ । तत्कालीन विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका थिए। कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठित प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आज राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अधिवेशन अन्त्यसँगै सरकारलाई अध्यादेशमार्फत चालु आर्थिक वर्ष २०८१र८२ का लागि बजेट ल्याउनसक्ने बाटो खुलेको छ । गएको असार १ गते तत्कालीन सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१र८२ को बजेटमाथि छलफल गर्न गरिएको ढिलाइले उक्त बजेट पारित हुन सकेको थिएन । सत्तासमीकरण फेरिएसँगै असार २३ गते नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि प्रस्तुत उक्त बजेट पारित हुन नसकेर अलपत्र परेको थियो । जसका कारण साउन १ गतेदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व सङ्कलन र खर्च गर्ने कार्य ठप्प छ ।
अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अध्यदेशमार्फत बजेट ल्याउने प्रयास गरे पनि कांग्रेस, एमालेले अधिवेशनको माग गरेका थिए । मुख्यमन्त्री शाहले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बजेट शून्यताको अवस्थालाई संविधान र कानुनअनुसार तत्काल हटाएर राजस्व सङ्कलनको अवस्था सिर्जना गर्ने पहल गर्न लागिएको बताए । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नेकपा (एमाले) का ११, नेकपा (माओवादी केन्द्र) का सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेङ्गी सङ्क्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या
भदौ १६, २०८१ आइतबार
विपक्षीको विरोधकाबीच सुदूरपश्चिम प्रदेशमा निजामती विधेयक पारित
भदौ ४, २०८१ मंगलबार
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
साउन ३०, २०८१ बुधबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार