सशस्त्रको आगलागी प्रकरणः एसपीसहित ७ जनालाई कारवाही, ठेकेदारको भुक्तानी अन्यौलमा
नेपालबहस संवाददाता
साउन २३, २०८१ बुधबार २२:३३:१७
२३ साउन, काठमाडौं । आगलागीबाट करोडौंको क्षति भोगेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ९ जनालाई विभागीय कारवाहीको गर्ने निर्णय गरेको छ । सशस्त्रको गोदाममा भएको आगलागीमा कमजोरी देखिएको भन्दै ९ जनालाई कारबाही गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपानेका अनुसार २ जना एसपी, १ डीएसपी, २ इन्सपेक्टर, १ सई, २ असई र एक जवानलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिएका छन् । शूरुमा डिआइजी पुरुषोत्तम थापाको पनि कमाण्ड कन्ट्रोलमा कमजोरी देखिएको भन्दै प्रश्न उठाइएको भएपनि कारवाहीको निर्णय भने भएको छैन ।
बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र रहेको गोदाममा २०८० चैत २६ गते आगलागी भएको थियो । सशस्त्रको भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र पशुपति बाहिनीका डियुटी इन्चार्ज एसपी अर्जुन खत्रीलाई कारबाही गर्ने निर्णय भएको छ । श्रेष्ठको चार वर्ष बढुवा रोक्का गर्ने र खत्रीलाई नसियत दिने निर्णय गरिएको छ । डीएसपी नारायण सेढाई, इन्सपेक्टर गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेसहित ७ जनालाई पनि नसियत दिने निर्णय भएको छ । उनीहरुको पनि एक वर्ष बढुवा रोक्का हुनेछ । ‘उनीहरुको डिउटीमा कमजोरी देखियो’, डीआईजी न्यौपानेले भने ।
आगलागीपछि सशस्त्र प्रहरीले कार्य विभागका एआईजी वंशिराज दाहाल नेतृत्वमा ९ सदस्यीय छानसबिन समिति बनेको थियो । समितिले भण्डारण शाखादेखि बाहिनीका एसपीसम्मलाई हेडक्वाटरमा तानेर छानबिन सुरु गरेको थियो । भण्डारण शाखाका एसपी श्रेष्ठसहित ७ जनासँग हेडक्वाटर तानेको थियो । केन्द्रीय गोदाम नं. ९ पशुपति बाहिनीको कम्पाण्डमा रहेकाले बाहिनीका एसपी सहितको टोलीलाई पनि हेडक्वाटर तानिएको थियो । घटना भएको समयमा ड्युटीमा रहेका बाहिनीका एसपी अर्जुन खत्रीसहित ११ जनालाई हेडक्वाटर तानिएको थियो ।
त्यसपछि उक्त घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा समिति बनाएको थियो । समितिले यी सुरक्षा अधिकारीहरुको लापरबाही देखिएको निस्कर्ष निकालेको थियो । समितिको सिफारिसपछि सशस्त्र प्रहरीले स्पष्टिकरण सोध्दै कारबाहीको निर्णय गरेको हो । आगलागीमा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्याग लगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए ।
नष्ट भएका सामानको ठेकेदारले भुक्तानी पाएका छैनन । सशस्त्र प्रहरीको गोदामको बीमा समेत गरिएको छैन । साथै सम्बन्धित कार्यालयमा पठाइहाल्नु पर्ने सामान पनि गोदाममै राखिएको थियो । कम्तिमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेर नष्ट भएका थिए । विद्युत शर्ट भएर वा गोदामभित्र सानो आगोको झिल्को परेर गोदामभरि फैलिएको प्रतिवेदनमा औंल्याइएको छ ।
गृह मन्त्रालयले बनाएको छानबिन समितिले गोदाम तथा भण्डारणमा विपदबाट जोगिनका लागि सुरक्षा व्यवस्था कमजोर रहेको, सीसीटीभी सर्भिलेन्स नभएको र भण्डारण सुरक्षाका लागि आधिकारिक कुनै व्यक्ति नतोकेको जनाइएको छ ।‘भण्डारण स्थल र व्यवस्थापन हेर्ने जिम्मेवार निकायबीचको दूरी टाढा रहेको र भण्डारण व्यवस्थापनको जिम्मेवारी पाएको नौ नम्बर बाहिनीले राम्रोसँग नहेरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘के कारणले आगलागी भएको हो भन्न सक्ने अवस्था स्पष्ट हुन सकेन ।’
प्रतिवेदनमा सशस्त्र प्रहरीले सामान्य सतर्कता मात्रै अपनाएको भए कम क्षति हुने निष्कर्ष निकालिएको थियो । ‘आगलागी हुनुको कारण तथ्य प्रमाण फेला पार्न नसके पनि बिजुली शर्ट भएर वा हावाहुरीको सिजन भएकाले कतैबाट आगोको झिल्को पुगेर आगलागी भएको हुनसक्ने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सामान भण्डारण गर्दा ज्वलनशील र अज्वलनशील वस्तुहरू एकै ठाउँमा राख्दा आगलागीबाट धेरै क्षति व्यहोर्नुपरेको देखिन्छ ।’ प्रतिवेदनमा कम्तीमा ६ देखि ७ करोड रुपैयाँ बराबरको क्षति हुन पुगेको निष्कर्ष निकालिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार