राष्ट्रपतिद्वारा मन्त्रिपरिषदका सदस्यको वरियतामा हेरफेरः पौडेलको घट्यो, पाण्डेको बढ्यो
नेपालबहस संवाददाता
साउन २४, २०८१ बिहिबार १३:२७:४४
२४ साउन, काठमाडौं । मन्त्रिपरिषदका सदस्यको वरिष्ठताक्रम हेरफेर गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरीयता हेरफेर गरेका हुन् । वरीयता हेरफेरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको वरीयता क्रम घटेको छ ।
उनी यसअघि मन्त्रिपरिषद्को १४औँ वरीयता क्रममा थिए भने हेरफेर अनुसार उनको वरीयता क्रम १६औँ नम्बरमा कायम भएको छ । हाल १४ औँ वरीयता क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई राखिएको छ । मन्त्री पाण्डे यसअघि १६औँ वरीयताक्रममा थिए । मन्त्री पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् भने पौडेल कांग्रेस केन्द्रीय सदस्य हुन् ।
मन्त्रीद्वय पौडेल र पाण्डेको मात्र वरीयताक्रम हेरफेर गरिएको छ । अरू मन्त्रीको वरीयताक्रम यथावत् छ । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम देहायअनुसार हेरफेर गर्नुभएको छ, राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
भदौ २४, २०८१ सोमबार
सत्तारुढ दलको बैठक : सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति
भदौ २४, २०८१ सोमबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
‘नेपाली कांग्रेसले बीपीको बाटो भुल्न नहुने’
भदौ २४, २०८१ सोमबार