टीआरसी विधेयकको प्रतिवेदन समितिबाट पारित, अब सदनमा पेश गरिने
नेपालबहस संवाददाता
साउन २४, २०८१ बिहिबार १४:८:२१
२४ साउन, काठमाडौं । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक (टीआरसी) को प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा उक्त प्रतिवेदनबारे छलफल भएको थियो । छलफल भएपछि समितिले सर्वसम्मतरूपमा पारित गरेको हो ।
प्रतिनिधि सभाको आगामी बैठकमा उक्त प्रतिवेदन पेस गरिनेछ । प्रमुख तीन दलका नेता सम्मिलित कार्यदलले उक्त मस्यौदा तयार गरेको हो । मस्यौदा यसअघि शीर्ष नेतालाई बुझाएर सहमति प्राप्त गरिएको थियो । योसँगै ०७९ फागुन २५ गते संसदमा पेस गरिएको बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्यनिरुपण आयोगसम्बन्धी कानुन अघि बढाउने आधार तय भएको छ ।
विगतमा मानवअधिकारको गम्भीर उल्लंघनसम्बन्धी व्यवस्थाबारे चर्कौ विवाद थियो । हाल ‘मानवअधिकारको उल्लंघन’ र ‘मानवअधिकारको गम्भीर उल्लंघन’ भनेर छुट्ट्याइएपछि त्यसमा माओवादीले समेत सहमति जनाएको हो ।
मानवअधिकारको गम्भीर उल्लंघन भनेर हाल पाँच प्रकारका अपराधलाई समेटिएको छ । ‘मानवअधिकारको गम्भीर उल्लंघन’ भन्नाले सशस्त्र द्वन्द्वको क्रममा द्वन्द्वरत पक्षले गरेको देहायको कार्य सम्झनुपर्छ, ऐनको उपदफामा उल्लेख छ । उक्त उपदफा (१)मा ‘जबर्जस्ती करणी वा गम्भीर यौनजन्य हिंसा’ समेटिएको छ ।
यस्तै, निःशस्त्र व्यक्ति वा समुदायलक्षित गरी वा योजनाबद्ध रूपमा सशस्त्र द्वन्द्वका पक्षबाट गरिएका अरू कार्यलाई पनि गम्भीर मानवअधिकार उल्लंघनमा समेटिएको छ । (क) नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएको हत्या (आर्बीटरी किलिङ), (ख) व्यक्ति बेपत्ता पार्ने कार्य वा (ग) अमानवीय कार्य वा क्रूर यातना व्यक्ति बेपत्ता पार्ने कार्यको स्पष्टीकरणमा भनिएको छ, यस खण्डको प्रयोजनको लागि ‘व्यक्ति बेपत्ता पार्ने कार्य’ भन्नाले सशस्त्र द्वन्द्वको क्रममा सशस्त्र द्वन्द्वका पक्षबाट बेपत्ता पारी फेला नपरेको व्यक्ति सम्झनुपर्छ भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार