थारु समुदाय ‘गुरही पर्व’ मनाउने तयारीमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २४, २०८१ बिहिबार १६:१:२२
२४ साउन, कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ । कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ ।
सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, राष्ट्रिय थारू कलाकार मञ्च प्रदेश समिति, थारु महिलासभा कैलाली, थारु महिला सञ्जाल धनगढी लगायतको संयुक्त आयोजनामा यही साउन २५ गते धनगढीको क्याम्पस चोकमा धुमधामसँग पर्व मनाउने तयारी थालिएको सखि सञ्जाल कैलालीका कार्यबाहक संयोजक कालीमैया चौधरीले जानकारी दिइन् । यस्तै धनगढीका विभिन्न गाउँठाउँमा पनि सामूहिक रुपमा उक्त पर्व मनाउन थारू समुदाय जुटेको छ । थारु सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यले गुरही पर्व मनाउने गरिएको संयोजक चौधरीले बताइन् ।
“विशेष गरी “गुरही”एक प्रकारको कीराको नाम हो, यस कीरालाई नेपाली भाषामा ‘गाईनेकीरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस कीराले वातावरण सरसफाइमा टेवा पु¥याएको हुन्छ”, उनले भनिन्, “यसै गुरहीको प्रतिकका रुपमा बालबालिका तथा दिदीबहिनीले लुगाको गुडीया बनाइ गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने (असरैना) गर्दछन् । पुरुषहरू सेलाएको गुडीयालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोगव्याध तथा नराम्रो चिज लैजा भनेर जोरले चिच्याउने चलन छ ।”
गुरही सेलाउने काम सकिए पश्चात् गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा एकापसमा बाँडी खाने, खुवाउने र नाचगान गरी रमाइलो गर्ने चलन छ । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ । यस पर्वलाई रोगव्याधी निर्मूल गर्ने पर्वको रुपमा पनि लिने गरिएको छ । यो पर्व थारु समुदायले लामो समयदेखि धनगढीको गुरही चोक (क्याम्पस रोड) मा भव्यताका साथ मनाउँदै आएको राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समितिका कोषाध्यक्ष राजु चौधरीले बताए । यसवर्ष पनि गुरही पर्व विगतभन्दा अलि फरक ढङ्गले सिर्जनात्मक कार्य गरी मनाउने तयारी गरिएको उनले बताए ।
थारु समुदायमा गुरही पर्व बालबालिकालगायत सबैले हर्षोउल्लासका साथ मनाउने गरिएको छ । यसर्थ यसवर्ष थारु समुदायले मनाउने गरिएको गुरही पर्व श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन अर्थात् यही साउन २५ गते पर्न गएकाले उक्त दिन धनगढी उपमहानगरपालिकाले यहाँ सार्वजनिक बिदा दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार