खानेपानी शुल्कले तनावमा धरान उपमहानगर, मेयर साम्पाङले दललाई बोलाए वार्तामा
नेपालबहस संवाददाता
साउन २४, २०८१ बिहिबार १६:३०:४७
२४ साउन, सुनसरी । खानेपानी महशुल र शुल्क वृद्धिविरुद्धको विषयमा धरान उपमहानगरमा बढेको तनावलाई लिएर मेयर हर्क साम्पाङले राजनीतिक दलका प्रतिनिधिहरुलाई वार्तामा बोलाएका छन् । यसअघि मेयर साम्पाङले खानेपानीको महसुल वृद्धि गर्ने निर्णय गरेका थिए । उनले धरानमा खानेपानी आयोजनाको निर्माणमा एसियाली विकास बैंकको ऋणको साँवाब्याज तिर्न समस्या भएको भन्दै महसुल बढाएका थिए ।
धरानमा खानेपानीको शुल्क र महसुल बढाएको विषयमा आन्दोलन चर्किँदै गएपछि धरानका मेयर साम्पाङले दलहरूलाई मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका छन् । आज दलहरूको अगुवाइमा नगरपालिका घेराउ कार्यक्रम उग्र भएपछि साम्पाङले मौखिक रूपमा वार्ताका लागि आव्हान गरेका हुन् । विद्यार्थीसहित पुगेका प्रदर्शनकारीले धरान उप महानगरको गेटमा तोडफोड समेत गर्न थालेपछि प्रहरीसँग ठेलम ठेल समेत भएको थियो ।
खानेपानीको शुल्क र महासुल बढाएको विरोधमा उप महानगरपालिका घेराउमा पुगेकाहरूले मेयर साम्पाङविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । नाराबाजीपछि साम्पाङले आन्दोलनकारीलाई सम्बोधन गर्दै दलहरूलाई वार्ताका लागि आव्हान गरेका छन् । ९ हजार ९०० प्रतिशतसम्म शुल्क र महसुलमा वृद्धि गरेपछि धरानमा क्रियाशील १० राजनीतिक दलले खानेपानी व्यवस्थापन बोर्ड विरुद्ध आन्दोलन गर्दै आएका छन् ।
बोर्डको अध्यक्ष भएका हैसियतले मेयर साम्पांगले मनपरी ढंगले खानेपानीको नयाँ धारा जडा, नामसारी र महसुलमा मनपरी ढङ्गले वृद्धि गरेको दलहरुले आरोप लगाएका छन् । दलहरूले आन्दोलनका क्रममा खानेपानी बोर्डको कार्यालय र काउन्टरहरूमा समेत तालाबन्दी गरेका थिए । तालाबन्दी भएपछि मेयर साम्पाङ रिट निवेदन लिएर उच्च अदालत गएका थिए ।
उच्च अदालतले तालाबन्दी खोल्न आदेश दिएको थियो । बुधबारको आदेशपछि दलहरूले आज तालाबन्दी खोलेका थिए । दलहरूले तालाबन्दी खोलेसँगै खानेपानीको काउन्टरहरूमा विद्यार्थी समूहले बिहीबार फेरि तालाबन्दी गरेका छन् । बिहीबार विहान ११ बजे नै उपमहानगरको गेटमा पुगेका प्रदर्शनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै गेटमा तोडफोडसमेत गरे । बाहिर प्रदर्शन चलिरहँदा मेयर हर्क साम्पाङ कार्यालय परिसरभित्रै थिए ।
बिहीबार उपमहानगर कार्यालय घेराउ गर्ने क्रममा आन्दोलनमा सहभागी भएका केही युवाहरूमाथि बल प्रयोग गरिएको छ । कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । बल प्रयोगबाट केही घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार