साइबर सुरक्षा जोखिम कायम रहेकै बेला राष्ट्र बैंकले तयार पार्यो विद्युतीय मुद्रा प्रणालीको नमुना
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १३:३२:१२
२५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्राको नमुना तयार भएको जानकारी दिएको छ । बिद्युतीय मुद्रा प्रणाली ‘सीबीडीसी’ प्रयोगमा ल्याउन यसको नमुना प्रणाली (प्रोटोटाइप) तयार पारिएको र यही प्रोटोटाइप परिमार्जन गर्दै सीबीडीसीलाई सीमित विशेषतासहितको प्रारम्भिक संस्करणका रूपमा विकास गरिने राष्ट्र बैंकको भनाइ छ । तर, यसको सुरक्षा कसरी हुन्छ भन्ने कुराको ग्यारेन्टी भइसकेको छैन् ।
निजी क्षेत्रबाट विकास भएको डिजिटल एप क्रिप्टोकरेन्सीको कारोबारले साइबर सुरक्षामाथि चुनौती दिइरहेको अवस्था छ । नेपाली पैसाको विधुतीय कारोबार सीबीडीसीको तयारी भइरहँदा साइबर आक्रमण र साइबर अवरोधका कारण सिस्टम ठप्प हुने जोखिमका विषयमा पूर्वतयारी आवश्यक रहेको जानकारीहरु बताउँछन् । सिस्टम अवरुद्ध हुँदा वा चलाउन नजान्दा हुन सक्ने आर्थिक नोक्सानी कसरी व्यवस्थित गर्ने भन्नेबारे पनि स्पष्ट रणनीति बनाइरहेको राष्ट्र बैंकले जनाएको छ । ।
राष्ट्र बैंकले आयोजना गरेको सीबीडीसीसम्बन्धी सरोकारवालासँगको छलफलमा सीबीडीसी प्रणालीको (डिजिटल आवरण पहिलो पटक तयारी भएको हो । लगइन स्क्रिन, एड्मिन र युजर ड्यासबोर्ड सार्वजनिक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । बैंकले प्रोटोटाइप भर्सन ०.१ विकास गरिसकेको र यो होलसेल र रिटेल दुवै प्रकारको सीबीडीसीका लागि प्रयोग गर्न सकिने बताइएको छ । यो ब्लकचेन हाइपरलेजर फ्याब्रिक प्लाटफर्म पूर्वाधारमा बनेको छ ।
सीबीडीसीबारे धेरै द्विविधा र गलत बुझाइ रहेको र त्यसलाई चिर्दै जान आवश्यक रहेको गभर्नर महाप्रसाद अधिकारीले जनाए । सीबीडीसीलाई क्रिप्टोकरेन्सीको विकल्प मान्न नमिल्ने, यसले नगदलाई प्रतिस्थापन नगर्ने र विद्यमान डिजिटल भुक्तानी प्रणालीलाई कुनै असर नपुर्याउने उनको भनाइ छ । क्रिप्टोका चुनौती सम्बोधन गर्न यसले केही न केही मद्दत गर्ने उनले सुनाए ।
यसमा कतिसम्म रकम राख्न पाइने भन्ने क्याप भने तयार भइसकेकको छैन् । राष्ट्र बैंकले जारी गर्ने सीबीडीसीको नाम पनि तय भइनसकेको बताइएको छ । राष्ट्र बैंकले सिधै प्रयोगकर्तालाई डिजिटल मुद्रा उपलब्ध गराउने नभई बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराउने मोडलमा विकास गरिएको जनाएको छ । यस्ता मुद्रामा ब्याज प्राप्त नहुने र सुरुवाती चरणमा सामान्य कारोबारका लागि प्रयोगमा ल्याइने राष्ट्र बैंकको भनाइ छ । बैंकले २०२६ को अगस्टमा बैंकिङ संस्थाहरूबीच रकम भुक्तानी, धितोपत्र कारोबार प्रयोजनका लागि होलसेल सीबीडीसीको पाइलट परीक्षण कार्यान्वयनमा ल्याउने गरी तयारी अघि बढाएको जनाएको छ ।
विभिन्न बैंक, डिजिटल भुक्तानी सेवा प्रदायक संस्था, विप्रेषण सेवाप्रदायक कम्पनी, सुरक्षा निकायका अधिकारी, विश्वविद्यालयका प्राध्यापकहरूले सीबीडीसी कार्यान्वयसम्बन्धी आफ्ना धारणा र सुझाव पेस गरेका थिए । सीबीडीसीको तयारी भइरहँदा साइबर आक्रमण र साइबर अवरोधका कारण सिस्टम ठप्प हुने जोखिमका विषयमा पूर्वतयारी आवश्यक रहेको सहभागिहरुले बताए ।
राष्ट्र बैंकको विद्युतीय मुद्रा लागू भएपछि भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरूले हाल डिजिटल कारोबारका लागि विकास गरेको पूर्वाधारको अवस्था के हुने भन्नेमा अझै टुंगो भइसकेको छेन् । सुरक्षा निकायका अधिकारीले भने सीबीडीसी राम्रो परियोजना भए पनि अहिले निजी क्षेत्रबाट विकास गरिएको डिजिटल क्रिप्टोकरेन्सीसम्बन्धी नीतिको अभावले चुनौती भइरहेको बताएका थिए । सीबीडीसी वालेट नगद होल्ड गर्न वा भुक्तानी प्रणालीको व्यवस्थापनका लागि प्रयोग हुने भन्नेमा स्पष्टता नआएको सहभागिको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
माघ ७, २०८१ सोमबार
बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
माघ ६, २०८१ आइतबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
परालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार