नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १४:१६:४१
२५ साउन, गण्डकी । पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो ।
गगन नेवाःखलःले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शताब्दीऔँदेखि चल्दै आएको नेवार समूदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः मचाःको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी भदौ १५ गते नृत्य प्रतियोगिता एवं गाइजात्रा महोत्सव गर्न लागिएको खलःका सचिव शरणकुमार प्रधानले जानकारी दिए ।
महोत्सवसँगै नयाँ युवापुस्तामा आफ्नो सांस्कृतिक, परम्पराको महत्वलाई बुझाई यसको संरक्षण र प्रवर्द्धन गर्दै निरन्तरताको बोध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रधानले बताए । उनका अनुुसार नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु ४० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।
उत्कृष्ट परी, जोकर र भेषभूषालाई रु तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोेगितामा आयोजक गगन नेवाःखलःसहित नौवटा समूहको सहभागिता रहने सतिव प्रधानले जानकारी दिए ।
तायाः मचाः नृत्यको सांस्कृतिक महत्वलाई दृष्टिगत गरी लेखनाथ नेवाः खलको आह्वानमा विगत केही वर्षदेखि शिशुुवा नेवाः खलः, मिलिजुली नेवाः खलः, समाज कल्याण नेवाः खलः, गणेश नेवाः खलः, अर्घौपौवा नेवाः खलः, भिमसेन नेवाः खलःको आयोजनामा छैटौँ संस्करणसम्मको तायाः मचाः नृत्य प्रतियोगिता सम्पन्न भइसकेको गगन नेवाः खलःका अध्यक्ष लीलबहादुुर श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितासँगै कुमारी नृत्य, लेखनाथस्तरीय तायाः मचाः नृत्य, धिमे बाजा, रोपाइँ(धान) जात्रा, लाखे नाच, नेवारी नाच आदि आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, विभिन्न खलःका प्रतिनिधिलगायत वक्ताले नृत्य प्रतियोगिताले मौलिक सांस्कृतिको जगेर्ना गर्ने विश्वास व्यक्त गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार