रौतहटको झन्डी सुरक्षार्थ, सिडियोसहित ५०० सय प्रहरी परिचालन
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १४:५२:२९
♦ सञ्जय मिश्रा
२५ साउन, रौतहट । रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दू समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।
ईशनाथ-७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात् झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिम बीच साम्प्रदायिक सद्भाव न बिग्रियोस् भनेर विशेष सजगता अपनाएको हो।
रौतहटका सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं स्वयं नेतृत्व गरेर विशेष सुरक्षाको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रत्येक बर्ष साउन पञ्चमी अर्थात् नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी गाजाबाजा सहित त्यहाँ बाट झण्डी लिएर हजारौँका संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर तर्फको पोखरीको डिलमा जम्मा हुने गर्दछन्। अहिले पनि उक्त मन्दिरमा पूजा अर्चना भइरहेको छ भने अपरान्ह झण्डी निकाल्ने योजना रहेको सिडियो रेग्मीले जानकारी दिएका छन्। गाउँको उत्तर तर्फ बाकलो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले हिन्दूहरूले झण्डी लिएर आउने क्रममा विभिन्न प्रकारले बाधा उत्पन्न गर्ने गर्दछन्। सोही क्रममा दुई समुदाय बीच झडपको अवस्था उत्पन्न हुने गर्दछ।
विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रोस भनेर बिहीवार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन्। उल्लेखनीय छ गत फागुन महिनामा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञ बिनोद पोखरेल परिचालित भएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार