नागपञ्चमीको मेला भर्न टौदहमा भक्तजनको घुइँचो
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १५:३२:२७
२५ साउन, काठमाडौं । काठमाडौंको दक्षिण भेगमा पर्ने टौदहमा नागको पूजा गर्न आज भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेला भर्न भक्तजनको घुइँचो लागेको हो ।
नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रसन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुखशान्ति कायम हुने जनविश्वास छ । काठमाडौंदेखि करिब नौ किलोमिटर दक्षिणमा रहेको उक्त पोखरीमा कर्कोटक नागको बसोबास रहनुका साथै मानव कल्याणका लागि उक्त नाग क्रियाशील रहेको किंवदन्ती रहेको स्थानीय दिपक नेपालले जानकारी दिए ।
प्राचीनकालमा निर्माण भएको पोखरीमा नागको पूजा गर्न काठमाडौं उपत्यकाका साथै वरपर क्षेत्रबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । पोखरी नजिक स्नान गरी धार्मिक अनुष्ठान, पूजा तथा फूल, अक्षतालगायत बारीमा फलेका फलफूल र अन्य वस्तु चढाउने प्रचलन छ । जनैपूर्णिमाको दिनमा पनि यहाँ मेला लाग्ने गर्दछ । देशभरका नाग दहमा आज पूजा गर्न मेला लागेको छ ।
यसैबीच नागपञ्चमीका दिन हिन्दू धर्मावलम्बीले घरघरमा नागको चित्र तथा तस्बीर टाँसेर देवताका रूपमा पूजा गर्ने प्रचलन छ । बिहानै स्नान गरी पवित्र भई नागको चित्र वा मूर्तिलाई गाईको गोबरले टाँस्ने, नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँसेपछि आगलागी, चट्याङ, सर्प, बिच्छीलगायतको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार