लमजुङको नयाँ पर्यटकीय गन्तव्य जोडी परेवा
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १५:५८:३६
♦ विराट न्यौपाने
२५ साउन, लमजुङ । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ ।
मध्यपहाडि लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ । सडकबाट जोडी परेवाको प्रतीकसहित भएको पार्कसम्म जान केही उकालो भए पनि बाटोमा सिँढी निर्माण गरी पैदल यात्रालाई सहज बनाइएको छ ।
पछिल्लो समय ग्रामीण पर्यटकको पर्याय बन्दै गरेको लमजुङमा अर्को पर्यटकीय गन्तव्यको निर्माणसँगै परेवाडाँडाको विकासमा थप टेवा पुग्ने अनुमान गरिएको छ । उपयोग नभएको मणिडाँडामा रहेको १४ रोपनी सार्वजनिक जमिनमा करिब २०० वर्ष पुनाको आँपको बगैँचा रहेको छ । सो बगैँचाकोसमेत संरक्षण गर्नेगरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणको थालनी गरिएको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठ बताउँछन्।
मणिडाँडालाई वनभोजस्थल र पार्कसहितको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ सो कार्य गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । उनका अनुसार निर्माणाधीन पार्क परिसरमा जोडी परेवाको प्रतीक स्थापना, शहीदहरूको शालिक निर्माण, पर्यटकहरूका लागि पानी पर्दा ओत लाग्नका लागि टहरा निर्माण गरिएको छ भने मणिडाँडामा रहेको पार्क परिसरमा राष्ट्रिय झण्डा राख्नका लागि पनि छुट्टै संरचना तयार गरिएको छ ।
जोडी परेवाका प्रतीक निर्माणका लागि वडा कार्यालयले चालु आवमा सात लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही स्थानमा दुई लाख रु ५० हजार खर्च गरेर शहीद मोहनलाल श्रेष्ठको शालिकसमेत निर्माण भएको छ । मणिको डाँडामा रहेको मणिको चौताराको मर्मत तथा स्तरोन्नति गर्ने र त्यहाँ नेपालको ठूलो राष्ट्रिय झण्डा राख्ने योजना समेत वडा कार्यालयको रहेको छ ।
यस स्थानमा रहेका पुराना आँपका रुखहरूको संरक्षण खाली स्थानमा वृक्षरोपण गर्नुका साथै वनभोजका लागि आवश्यकपर्ने भौतिक संरचना, शौचालय निर्माण, खानेपानीको व्यवस्था लगायतको संरचना निर्माण गर्ने कार्य छिट्टै थालनी गर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।
मणिडाँडा परापूर्वकालमा कुन्छामा पुरानो जिल्ला सदरमुकाम हुँदा सिपाहीहरूले परेड खेल्ने ऐतिहासिक ठाउँ समेत भएको र परेड खेल्ने डाँडा शब्द अपभ्रंश भई परेवाडाँडा नाम राखिएको भन्ने बुढापाकाको भनाइ रहेको स्थानीय सयपत्री बोर्डिङका प्रिन्सिपल ज्ञानेन्द्र शर्मा बताउँछन् ।
यस पार्क परिसरबाट लमजुङको सुन्दरबजार, तनहुँको भानु नगरपालिका–११ को मानेचौका बजार, टुहुरेपसल, राइपाली भञ्ज्याङ, राइनास नगरपालिकाको धमिलि कुवा, राइनासकोट तथा गोरखाको पालुङटार र लिगलिगकोटकोसमेत दृश्यावलोकन गर्न सकिन्छ । वडाध्यक्ष श्रष्ठका अनुसार सो स्थानलाई प्रवद्र्धन गर्न विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने, यहाँको हटिया बजारमा कोदोबाट उत्पादन हुने रक्सीलाई प्रवर्द्धन गर्ने योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटक पर्खिरहेको घलेगाउँ
भदौ २४, २०८१ सोमबार
पर्यटकको रोजाइमा पर्ने गलेखामकोट बाटोको असुविधाले ओझेलमा
भदौ २३, २०८१ आइतबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार
लिग २ खेल्न आज राती क्यानडा जाँदै नेपाली टोली
भदौ २५, २०८१ मंगलबार
शासनसत्ताको गम्भीर कमजोरी र विक्रित अर्थव्यवस्थाबाट जनता कहिलेसम्म पीडित हुनुपर्ने ?
भदौ २५, २०८१ मंगलबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
म प्रधानमन्त्री नभएको भए मधेशका जनताले नागरिकता पाउने अवस्था हुने थिएनः प्रचण्ड
भदौ २५, २०८१ मंगलबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार