टीआरसी विधेयक मंगलबार संसद बैठकमा पेस गरिने
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १६:३१:१८
२५ साउन, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।
कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै यस्तो आग्रह गरेकी हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा कानुन समितिका सदस्यहरू र संसद् सचिवालयका अधिकारीसमेत उपस्थित थिए ।
उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक ९टीआरसी विधेयक०माथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभामा टेबल गर्न आग्रह गरेका छिन् ।
प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो । समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो । प्रतिनिधि सभाको आगामी बैठक साउन २९ गते मंगलबार बस्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम प्रधानमन्त्री नभएको भए मधेशका जनताले नागरिकता पाउने अवस्था हुने थिएनः प्रचण्ड
भदौ २५, २०८१ मंगलबार
चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा सिफारिस
भदौ २५, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
भदौ २५, २०८१ मंगलबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार
लिग २ खेल्न आज राती क्यानडा जाँदै नेपाली टोली
भदौ २५, २०८१ मंगलबार
शासनसत्ताको गम्भीर कमजोरी र विकृत अर्थव्यवस्थाबाट जनता कहिलेसम्म पीडित हुनुपर्ने ?
भदौ २५, २०८१ मंगलबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
म प्रधानमन्त्री नभएको भए मधेशका जनताले नागरिकता पाउने अवस्था हुने थिएनः प्रचण्ड
भदौ २५, २०८१ मंगलबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार