चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १६:३६:५९
२५ साउन, भक्तपुर । नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । नागपञ्चमीको दिन भव्य मेला लाग्ने यस मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए ।
साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने, धनधान्य हुने धार्मिक विश्वास छ । स्थानीयले चाँगुनारायण मन्दिरबाट फर्किएर आ-आफ्नो घरको मूल ढोकामा गाईको गोबरले नागको तस्बिर टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ ।
भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौतीलगायतका स्थानबाट दर्शनार्थीहरू आएका छन् ।
नागपञ्चमीका दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजागरी दर्शन गरेमा पुण्य प्राप्त हुने, मनोकाङ्क्षा पूरा हुने एवं घरमा सर्पले दुःख नदिने जनविश्वास रहेको छ । यहाँका मन्दिरमा दिनभरि दर्शनार्थीको घुइँचो लागेको छ ।
भक्तपुरको नाग पोखरीमा नागको पूजागरी दूधको अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यस पोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेकगरी भव्य रुपमा पूजा गरेर स्थानीयले मेला भरेका छन् । स्थानीयले दूध, दही, अक्षता, फूल, दुबो अर्पणगरी पूजा गरेर मेला भरेका छन् ।
हिन्दु धर्मावलम्बीहरुले आज घरको मूल ढोकामा नागको तस्बिर टाँसेर नागको पूजा गरिएको छ । यसरी घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छीलगायतका जीवको दुःख नहुने, प्रसन्न हुने र वर्षभरि विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअटवारी पर्वः दिदीबहिनीलाई कोसेली दिएर मनाउँदै थारू समुदाय
भदौ २४, २०८१ सोमबार
सप्तऋषिको पूजा गरेर बिदा गरियो तीज
भदौ २३, २०८१ आइतबार
मिथिलाञ्चलमा आज ‘भदैया रैब’ पर्व मनाइँदै
भदौ २३, २०८१ आइतबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार
नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु : नवाजुद्दीन सिद्दिकी
भदौ २५, २०८१ मंगलबार
लिग २ खेल्न आज राती क्यानडा जाँदै नेपाली टोली
भदौ २५, २०८१ मंगलबार
शासनसत्ताको गम्भीर कमजोरी र विकृत अर्थव्यवस्थाबाट जनता कहिलेसम्म पीडित हुनुपर्ने ?
भदौ २५, २०८१ मंगलबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
म प्रधानमन्त्री नभएको भए मधेशका जनताले नागरिकता पाउने अवस्था हुने थिएनः प्रचण्ड
भदौ २५, २०८१ मंगलबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार