जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमाले गठबन्धन : उपप्रधानमन्त्री सिंह
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १८:५४:५८
२५ साउन, काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन्। शुक्रबार काठमाडौंमा ३० औं विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कार्यान्वयनमा लैजाँदै जनतालाई थप अधिकार सम्पन्न बनाउन सरकारले काम गर्ने सिंहको भनाई थियो।
अहिले २०७२ को संविधानले दिएको अधिकार कटौती गर्ने गलत प्रचार भइरहेको भन्दै त्यस्तो दुष्प्रचारको पछि नलाग्न पनि आग्रह गरे। जनतालाई अधिकार सम्पन्न बनाउनका लागि २००७ साल, २०४६ साल र २०६२/६३ सालमा कांग्रेस नेतृत्वमा भएको आन्दोलनको स्मरण गर्दै सिंहले कांग्रेस नेतृत्वमा जारी भएको २०७२ को संविधानमा रहेको व्यवस्था कार्यान्वयनमा जोड दिए।
थप अधिकारको कुरा गर्दा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेतर्फ ध्यान दिन आग्रह गर्दै उनले विधि र प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्ने व्यवस्था संविधानले नै सुरक्षित गरेको बताए। ‘जनतालाई अधिकार दिलाउन लडेको पार्टी मिलेर सरकार बनेको छ। जनतालाई दिएको अधिकार खोस्ने कसैले सोच्न सक्छ ?’, उपप्रधानमन्त्री सिंहले भन्ने, ‘संविधानले दिएको अधिकार पनि कटौती गर्न लागेको हो की भन्ने हल्ला चलाइएको छ। गलत भाष्य स्थापित गर्न दुष्प्रचार भइरहेको कुरालाई पनि हामीले ध्यानमा राख्नुपर्छ।’
२०७२ को संविधानले दिएको अधिकार कार्यान्वयनमा केही कमजोरी भए सुधार गछौं भन्दा के नराम्रो भयो भन्दै उपप्रधानमन्त्री सिंहले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनका लागि सरकार अघि बढेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम प्रधानमन्त्री नभएको भए मधेशका जनताले नागरिकता पाउने अवस्था हुने थिएनः प्रचण्ड
भदौ २५, २०८१ मंगलबार
चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा सिफारिस
भदौ २५, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
भदौ २५, २०८१ मंगलबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार
नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु : नवाजुद्दीन सिद्दिकी
भदौ २५, २०८१ मंगलबार
लिग २ खेल्न आज राती क्यानडा जाँदै नेपाली टोली
भदौ २५, २०८१ मंगलबार
शासनसत्ताको गम्भीर कमजोरी र विकृत अर्थव्यवस्थाबाट जनता कहिलेसम्म पीडित हुनुपर्ने ?
भदौ २५, २०८१ मंगलबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
म प्रधानमन्त्री नभएको भए मधेशका जनताले नागरिकता पाउने अवस्था हुने थिएनः प्रचण्ड
भदौ २५, २०८१ मंगलबार
विज्ञापनसँग सम्बन्धित मुद्दाको सामना गर्दै गुगल
भदौ २५, २०८१ मंगलबार