वायु सेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा पदमुक्त !
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार २३:२९:३८
काठमाडौं । नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त भएपछि निगमले उनलाई पदमुक्त गरिएको हो ।
वायुसेवा निगमको बोर्डिङ भएको जहाजलाई उड्न नदिएको विषयलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका लामा कारवाहीमा परेका हुन् । उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो ।
उनी प्रवक्ता पदमा रहिन्जेल जहाज उडाउन नपाउने भएपछि लामालाई प्रवक्ताबाट पदमुक्त गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्रवक्ताबाट नहटाएसम्म उडानमा रोक लगाउन भन्दै पत्र लेखिएको बताए । उनले निगमले लामालाई प्रवक्ताबाट पदमुक्त गरको पत्र प्राप्त भएकाले अब उडानमा रोक नलाग्ने जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई
असोज ४, २०८१ शुक्रबार
संविधान संशोधनस् सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि
असोज ४, २०८१ शुक्रबार
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार