मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार २२:२९:३४
२५ साउन, काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई हाल काठमाडौँको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको बागमती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको जानकारी दिए ।
बागमती प्रदेश ०२–०४९ प २५१३ नंको मोटरसाइकललाई चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नं बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए । नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न सबैलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
भदौ २४, २०८१ सोमबार
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ
भदौ २४, २०८१ सोमबार
एक करोडमाथिको चेक अनादर प्रमाणित भए ५ प्रतिशत जरिवानासहित दुई वर्षको कैद सजाय
भदौ २३, २०८१ आइतबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी बन्न सक्ने
भदौ २५, २०८१ मंगलबार
स्थानीयवासी परिचालन गरी सडक स्तरोन्नति सुरु
भदौ २५, २०८१ मंगलबार
नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु : नवाजुद्दीन सिद्दिकी
भदौ २५, २०८१ मंगलबार
लिग २ खेल्न आज राती क्यानडा जाँदै नेपाली टोली
भदौ २५, २०८१ मंगलबार