‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक
नेपालबहस संवाददाता
साउन २६, २०८१ शनिबार ८:५०:५१
२६ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित स्ट्राटेजिक ग्रोथ एन्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा सो भिडियो सार्वजनिक गरेका हुन्।
विभिन्न बहानामा ग्राहकसँग पासवर्ड, ओटिपी, खाताको विवरणहरू मागेर साथै ग्राहकहरूलाई चिट्ठा तथा अन्य बहुमूल्य सामानको प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको छ। सचेतना भिडियोबाट यस्ता गतिविधिहरू न्यूनीकरण हुने र ग्राहकहरूमा चेतना अभिवृद्धि हुने विश्वास लिएको बैंकले जनाएको छ।
सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, १९७ शाखाका शाखा प्रबन्धकहरू, विभागीय प्रमुखहरू तथा बैंकका उच्च व्यवस्थापनको समूह सम्मिलित भेलालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउन सबै कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नवीनतम एवं नमुना सेवा सुविधा दिँदै अघि बढ्न आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार