स्याङजाको कृषि सहकारीले बेच्यो ६७ लाखको सागसब्जी
नेपालबहस संवाददाता
साउन २६, २०८१ शनिबार १४:५:२१
२६ साउन स्याङ्जा । जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ । वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०÷८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो ।
सहकारीमा आबद्ध भएका कृषक शेयर सदस्यहरुले आ–आफ्नो खेतबारीमा उत्पादन भएका सागसब्जी सहकारीले संकलन गरी बिक्री गर्दै आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए । यहाँका कृषकले ठूलो परिमाणमा विभिन्न प्रजातिका सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा ल्याउँछन् । सहकारीले स्थानीय बजारका साथै पोखरा, बुटवल, काठमाडौँ लगेर बिक्री गर्न समन्वय गरिरहेको छ, उनले भने ।
कृषकले उत्पादन गरेका सागसब्जीलाई बजार समस्या नरहेको बताउँदै अध्यक्ष अर्यालले उत्पादित सागसब्जी र फलफूलहरु सहकारीको संकलन केन्द्रमा राखेर बिक्री गर्दैै आएको जानकारी दिए । कृषकबाट संकलन गरिएका कृषि उपज केन्द्रमा संकलन गरी राख्छौँ । स्थानीय व्यापारी यहाँ आएर खरिद गरेर लैजान्छन् । ठूलो परिमाणमा उत्पादन हुँदा सहकारीको सवारीसाधनमार्फत स्याङ्जा, बुटवल, पोखरालगायत सहरका बजारमा लगेर बिक्री गर्दै आएका छौँ,उनले भने ।
कृषकले केन्द्रमा सागसब्जी, फलफूल तथा अन्य कृषि उपज ल्याएपछि सोको विवरण सहकारीका कर्मचारीले लिने गरेका बताउँदै अध्यक्ष अर्यालले बिक्रीपछि आम्दानी सहकारीमा रहेको कृषकको खातामा राखिदिने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार सहकारीले कृषि उपजको परिमाणका आधारमा प्रतिकिलो रु तीन खर्च कटाउँदै आएको छ ।
कटौती गरिएको रकमबाट कृषकलाई आयमूलक सीप विकासका लागि विभिन्न तालिम, गोष्ठी तथा अवलोकन भ्रमण गराउने, सहकारीको कार्यक्षेत्रभित्र सिँचाइ, कृषि सडक विस्तार र स्तरोन्नति गर्ने, साना कृषकको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउने कार्यमा प्रयोग गरिँदै आइएको सहकारीका अध्यक्ष अर्यालले उल्लेख गरे ।
उत्पादित सागसब्जीको बिक्रीमा बजारको समस्या नभएको यहाँका अगुवा कृषक लीलाबल्लभ काफ्लेले बताए । गत आवमा रु तीन लाख बढीको सागसब्जी सहकारीमा बिक्री गरेको उनले जानकारी दिए । चौध रोपनी क्षेत्रफलमा गोलभेँडा, काक्रा, बोडी, बोडा, घिरौँला, करेला, बन्दा, काउली उत्पादन गरी बिक्री गर्दै आइरहेको छु ,उनले भने । घरबाटै बिक्री गर्नेभन्दा सहकारीमार्फत गर्दा सहज हुनाका साथै एकैमुस्ट रकम प्राप्त हुन्छ ।
उत्पादित कृषि उपज सहकारीमा लगेर तौलेर छोडेपछि बजार मूल्यका आधारमा सहकारीमा रहेको आफ्नो खातामा रकम आउने काफ्लेले उल्लेख गरे । वालिङ–१ त्रियासीका ६० वर्षीय भूमिनन्द रेग्मीले २४ वर्षदेखि व्यवसायिक रुपमा सागसब्जी र फलफूल उत्पादन गर्दै आएका छन् । उनले पनि सहकारीमार्फत बिक्री गरी पुरस्कृतसमेत भएको बताए ।
सहकारीले प्रत्येक वर्ष धेरै परिमाणमा कृषि उपज संकलन गराउने कृषकलाई पुरस्कृत गर्दै आइरहेको जनाएको छ । उत्पादित सागसब्जी र फलफूल आइतबार, मङ्गलबार र बिहीबार केन्द्रमा सङ्कलन गरी बिक्री गर्दै आइएको सहकारीका प्रबन्धक सगुन खाँणले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
थुनछेक बहस नसकिएका कारण रवि लामिछाने केही दिन प्रहरी हिरासतमा रहने
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
एनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
ओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार