युक्रेनी आक्रमण रोक्न रुसले थाल्यो नयाँ अभियान
नेपालबहस संवाददाता
साउन २६, २०८१ शनिबार १८:७:३५
२६ साउन, काठमाडौं । रूस र युक्रेनबीचको द्वन्द्वमा कियभको सबैभन्दा ठूलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्वाद विरोधी अभियान” सुरु गरेको छ ।
विश्लेषकले युक्रेनीहरूले मंगलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आक्रमण गरेको र निरन्तर अघि बढ्ने क्रममा रहेको बताएका छन् ।रूसले यस प्रक्रियालाई रोक्नका लागि ट्याङ्क रकेट लन्चुर र उड्डयन एकाईसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ ।
रूसको आतङ्कवाद विरोधी समितिले शुक्रबार बेलगोरोड, ब्रायन्स्क र कुर्स्क क्षेत्रमा आतङ्कवाद विरोधी अपरेसन बाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ ।
अभियान सुरु गरिएका क्षेत्रमा आवगमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई “नो–गो जोन“ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ ।
आतङ्कवाद विरोधी समितिले युक्रेनले रूसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ । समितिले युक्रेनको आक्रमणलाई आतङ्कवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ताको सुरुमा रुसले युक्रेनविरुद्ध गरेको आक्रमणको नतिजालाई “महसुस“ गर्नुपर्ने भन्दै आफ्ना सेनाको प्रारम्भिक सफलता दावी गरेका थिए । अभियानका क्रममा रूसमा आक्रमण गर्न खोज्ने २६ युक्रेनी ड्रोनलाई खसालिएको रूसले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस
मंसिर ३०, २०८१ आइतबार
बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
उधौली चाड हर्षोल्लासका साथ मनाइयो
मंसिर ३०, २०८१ आइतबार
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
मंसिर ३०, २०८१ आइतबार