सर्लाहीमा एक युवक मृतावस्थामा फेला, हत्याको आशङ्का
नेपालबहस संवाददाता
साउन २६, २०८१ शनिबार १८:९:४९
२६ साउन, मलङ्गवा 'सर्लाही' । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको उनले बताए ।
मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ । घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।
डुबेर तीन वर्षीय बालकको मृत्यु
सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दुरपुरस्थित ढाङ्ग्राखोलामा डुबेर एक नबालकको मृत्यु भएको छ । स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशु रायको खेल्ने क्रममा आज घर नजिकको ढाङ्ग्राखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।
खोलामा डुबेका बालकलाई उद्धार गरी आज दिउँसो १ बजे प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक नबालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार