ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान
नेपालबहस संवाददाता
साउन २६, २०८१ शनिबार २०:११:३४
२६ साउन, स्याङ्जा । स्याङ्जाको वालिङमा १५ ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान र वालिङ नगरपालिकाको सहकार्यमा नगरभित्रका १४ वटै वडाका १५ ज्येष्ठ नागरिकलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
पहिलो चरणमा नगरपालिकाका सबैभन्दा ज्येष्ठ नागरिकलाई सामूहिक रूपमा सम्मान गरिए र यसलाई निरन्तरता दिने योजना रहेको प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाले बताए। “वडा कार्यालयले ज्येष्ठताका आधारमा नाम सिफारिस गरे अनुसार १५ जना ज्येष्ठ नागरिक एकै स्थानबाट सम्मान गरेका हौँ”, उनले भने, “यसलाई आगामी वर्षहरूमा पनि निरन्तर रूपमा अगाडि बढाउने छौँ ।”
ज्येष्ठ नागरिकप्रति परिवार तथा समाजले हेर्ने दृष्टिमा परिवर्तन ल्याउने र स्याहारसुसारमा ध्यान केन्द्रित गराउने उद्देश्यले प्रतिष्ठान कार्यक्रम गरिरहेको अध्यक्ष ढुङ्गानाले बताए। “ज्येष्ठ नागरिक हाम्रा सम्पत्ति, अभिभावक र अनुभवका खानी हुन् । जीवनको उत्तरार्धमा सम्मानजनक तरिकाले जीवनयापन गर्न गराउनका लागि साङ्केतिक रूपमा सम्मानलगायत कार्यक्रम गर्दै आएका हौँ”, उनले भने ।कार्यक्रममा ११ पुरुष र चार महिलालाई सम्मानपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा वडा नं १ बाट दुईजना र अन्य वडाबाट एक–एक जना थिए। उनीहरू ८५ वर्षभन्दा माथि उमेर समूहका छन् ।
वालिङ–८ की ९३ वर्षीया चन्द्रकला सुवेदीले सम्मानित हुन पाउँदा खुसी लागेको बताए। बुढेशकालमा खोजीखोजी सम्मान गर्दा यसले राम्रो सन्देश दिएको उनको धारणा छ । उनीहरूलाई सम्मान गर्दै गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले ज्येष्ठ नागरिकलाई सम्मान गर्दा यसले समाज तथा परिवारमा सकारात्मक सन्देश प्रवाह भएको बताए । ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरूसँग भएको अनुभवलाई ग्रहण गर्न सक्नुपर्नेमा उनको जोड थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार