पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार ११:४६:५८
२७ साउन, काठमाडौं । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ को परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा लेखक राजिन पनेरूले कृतिको परिचर्चा गरेका थिए ।
‘नाट्यसमालोचना’ का रूपमा अवधारणापत्र प्रस्तुत गर्दै पनेरूले आमाप्रति उच्च सम्मान व्यक्त गर्ने र आमालाई हेला गर्ने सबैले पढ्नैपर्ने उपन्यासका रूपमा बोराको चर्चा गरे । “यो ममत्वको कथा हो, मातृत्वले भरिएको आमाको आरोह–अवरोहको कथा हो” पनेरूले भने, “यो धर्तीरूपी आमाले दिने महान् क्षमा र करुणाको कथा हो ।”
बोरालाई उनले आदर्शोन्मुख सामाजिक यथार्थवादी धाराको उत्तरवर्ती चरणको महŒवपूर्ण कृतिका रूपमा चिनाए । पुस्तकमा समावेश गरिएका सूक्तिमय वाक्यहरूले कृतिलाई मर्मस्पर्शी र वैचारिक दृष्टिले समेत बलियो बनाएका पनेरूको भनाइ थियो ।
पद्मकन्या क्याम्पसका उपाप्राध्यापकसमेत रहेका समालोचक पनेरूले कथा संरचना, पुस्तकीय सूक्ति, बोरा संवेदना, तुलना, अतिशयोक्ति, तथ्य गडबडी, नियति, लाचार प्रवृत्ति र मानवता पात्र राखेर कृतिको परिचर्चा गरेका थिए ।
पत्रकार तथा उपन्यासकार अखण्ड भण्डारीले आफूले रिपोर्टिङका क्रममा भेटिएको यथार्थ घटनालाई आधार मानेर उपन्यास लेखेको बताए । पाठकहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले उपन्यासमा आएका कतिपय पात्रहरूको चरित्रमा नाटकीय परिवर्तन देखिएको स्विकारे । परिस्थितिले असल मानिसलाई खराब र खराबलाई असल बनाउन सक्ने यथार्थविमुख हुन नसकिने उनको धारणा थियो ।
उनले उपन्यासप्रति पाठकले दिएको मायाले आफू उत्साहित भएको अनुभव सुनाए । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक रहेका भण्डारीको यसअघि मलाया एक्सप्रेस ९उपन्यास० र समाचारको भाषा कृति प्रकाशित छन् ।
कार्यक्रममा सोम सापकोटा, बाबुराम सुवेदी, गनेस पौडेल, ईशा शाह, कृष्णमुरारी पौडेल, भरतमणि भट्टराईलगायतले टिप्पणी गरेका थिए । सोसाइटीका सचिव नेपालप्रकाश अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ । बोराको परिचर्चा सोसाइटीको १०८ औँ शृङ्खला हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
उपन्यास ‘फेरिल’ अर्थात् परिवर्तन लोकार्पण
साउन २१, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार