‘कमेडी किरो राष्ट्रको हिरो’ लोगो तथा प्रोमो सार्वजनिक
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार ११:५८:१४
२७ साउन, काठमाडौं । हाँस्य व्यंग्य आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा गरिएको छ। आज राजधानी काठमाडौँमा रहेको जनता टेलिभिजनको हलमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो।
रेस्क्यु क्रियसनले निर्माण गर्ने यो कार्यक्रम कम्पिटिसन होइन। कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन,म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउनेछ।
देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगी बाट टप २० छान्ने र उनीहरुलाइ १ बर्षको लागि रोजगार दिने प्रोजेक्ट हेड समनअधिकारीले बताए । मासिक तलवमा काम गर्ने रोजगारी सृजना गर्ने उद्देश्यले यो शो निर्माण गर्न लागिएको अधिकारीले जानकारी दिए ।
चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको र यसबाट प्रखर कमेडियन उत्पादन हुने उनले बताए। आजैबाट डिजिटल अडिसन सुरु भएको छ। डिजिटल अडिसनको लागि ढठटघद्दघघटडछ नम्बरमा २ मिनेट सम्मको भिडियो बनाएर व्हाट्स एप मार्फत पठाउन सक्नेछन् । लोगो तथा प्रोमो सार्वजनिक कार्यक्रममा ‘कमेडी किरो राष्ट्रको हिरो’ निर्माण गर्न सहयोग गर्ने संस्थाहरुलाई प्रमाणपत्र समेत प्रदान गरियो।
कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष डा।विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरै जनाले रोजगारी पाउने बताए। कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन्। कार्यक्रममा सहभागीहरुलाई सन्तोश खनाल, सुदिप खतिवडा,सरोज भण्डारीले प्रशिक्षण दिनेछन्। कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन्।
लोगो र प्रोमो सार्वजनिक कार्यक्रममा जनता टेलिभिजनका कार्यकारी अधिकृत रमेश आचार्य,म्युजिक नेपालको प्रतिनिधि मन्दिरा ढुंगेल लगाएतको उपस्थिति रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचर्चित गायिका सम्झना योङहाङ लिम्बू भ्वाइस अफ नेपालमा सहभागी
माघ ६, २०८१ आइतबार
सन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार