मनुराज, अधिराज र प्रिजाको नाममा म्याप फाउन्डेसन नेपाल स्थापना गरिँदै
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १२:२४:३९
२७ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माको नाममा मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल 'म्याप फाउन्डेसन नेपाल' स्थापना गरिने भएको छ ।
फाउन्डेसनले अक्षय कोषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरस्कृत गर्ने भएको छ । साथै विभिन्न सामाजिक कार्यक्रममार्फत समाजको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ।
मृतक आइटी इन्जिनियर मनुराज शर्माको नाममा आविष्कार, अन्वेषक, अनुसन्धानकर्ता र अनुगमनकर्तालाई हरेक वर्ष पुरस्कृत गरिने मनुराजको परिवारले जनाएको छ । ‘हाम्रा सन्तती नै हाम्रा सम्पत्ति हुन् । उनीहरूको सम्झना र योगदानलाई सधैँभरी सम्झिने उद्देश्यले उनीहरूको नाममा फाउन्डेसन स्थापना गर्न लागिएको हो,’ पारिवारिक स्रोतले बतायो ।
त्यसैगरी निजामती सेवामा रहेकी प्रिजा खतिवडाको नाममा उत्कृष्ट काम गर्ने निजामती कर्मचारीलाई पुरस्कृत गरिनेछ । दुर्घटनामा परी ज्यान गुमाएकी प्रिजा खतिवडाकी आमा उषा पोखरेलले भनिन्, ‘हाम्री छोरीले इमान्दार कर्मचारीको रूपमा १२ वर्षसम्म काम गरेकी थिइन्। त्यसकै सम्झनामा अक्षय कोष जुटाएर हरेक वर्ष उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत गर्ने भएका हौँ ।’
चार वर्षे नाबालक नाति अधिराजको नाममा अर्यालहरूको थातथलो सप्तरीको बैरवाका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिनेछ । बाल्यकालमै ज्यान गुमाएका अधिराज शर्माका हजुरबुवा प्रकाश खतिवडाले भने, ‘पढाइमा तेज मेरो नातिलाई पढाउने मेरो इच्छा पूरा भएन । तर, पढ्ने चाहना हुँदाहुँदै पढ्न नपाएका दलित, अल्पसङ्ख्यक र अति विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति दिन लागेका हौँ ।’
यसका साथै म्याप फाउन्डेसनको सक्रियतामा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्यमा सामाजिक तथा चेतना मूलक कार्यक्रम गरिनेछ । सामाजिक सञ्जाल फेसबुकमा खतिवडाले विभिन्न सरोकारवाला संघसंस्थासँग सल्लाह, सुझाव र सहयोगका लागि अपिल समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार