राज्यमन्त्री चौधरी भन्छन्, ‘नेपालको आर्थिक सम्बृद्धिको प्रमुख आधार पर्यटन हो’
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १२:२८:४०
२७ साउन, कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालको विकासको प्रमुख आधार पर्यटन भएको बताएका छन् । थारु समुदायले मनाउने कार्यक्रम गुरही पर्वको अवसरमा कैलालीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका राज्यमन्त्री चौधरीले नेपालका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्नुपर्ने बताएका हुन् ।
राज्यमन्त्री चौधरीले भने, ‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको संस्कृति विश्वका कुनै देशमा छैनन् । नेपालको जस्तो सुन्दर र रमणीय पर्यटकीय गन्तव्य अन्य कुनै देशमा छैन् । त्यसैले मलाई लाग्छ विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन ।’ यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक सम्बृद्धि हुने राज्यमन्त्री चौधरीको तर्क छ ।
‘अब हामीले यहाँको हरेक पर्यटकीय गन्तव्यको पहिचान, त्यसको प्रबर्द्धन, संरक्षण र प्रचारप्रसार गर्नुका साथै घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि सुरक्षा देखि लिएर हरेक सेवा सुविधाको उचित व्यवस्थापन गर्नुपर्छ’, उनी भन्छन्, ‘त्यसका लागि सरकारले पर्यटन क्षेत्रमा लगानी बढाउनु पर्छ । किनकी, विश्व बजारले नेपालको जुन क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्दैन । हामीले त्यही क्षेत्रमा फोकस गरेर विकासका अवधारणा अघि बढाए मात्रै देश धनी हुन्छ । आर्थिक रुपमा अब्बल हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार