सहकारीमा १ करोड ८३ लाख भएर पनि उपचार खर्च अभावले स्थापितको मृत्यु, काठमाडौंमा प्रदर्शन
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १३:७:५३
२७ साउन, काठमाडौं । उपचार गर्न रकम अभाव भएपछि सहकारी पीडितको मृत्यु भएको भन्दै विरोध प्रदर्शन गरिएको छ । सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार अभावमा मृत्युवरण गर्न परेको भन्दै काठमाडौंमा आइतबार प्रदर्शन गरिएको छ ।
वीर अस्पतालमा ५ लाख रुपैयाँको अभावले राजेन्द्र स्थापितको शनिबार मृत्यु भएको उनका आफन्तहरूले जनाएका छन् । मृतक ८० वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको थियो । पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको
सहकारीमा जम्मा गरेको पैसा नै झिक्न नपाएर उनको मृत्यु भएपछि अहिले प्रदर्शनकारीहरू शान्ति वाटिका क्षेत्रमा कफिन बोकेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
मृतक स्थापितले काठमाडौंको न्युरोडमा रहेको युवा बहुउद्देश्यीय सहकारीमा स्थापितले १ करोड ८३ लाख रुपैयाँ जम्मा गरे पनि आफ्नै उपचारका लागि पैसा झिक्न नपाएको प्रदर्शनकारीले जनाएका छन् । अहिले स्थापितको शव वीर अस्पतालमै रहेको छ । सडकमा प्रदर्शन भएपछि प्रहरीले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दर्ता गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
ओझेलमा भक्तपुरका चारधाम
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार