ढुसीको प्रकोप पीडित पर्वतका किसानलाई निःशुल्क विषादी वितरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १४:४०:११
२७ साउन, पर्वत । ढुसीजन्य रोगको प्रकोपबाट पीडित बनेका यहाँका किसानलाई निःशुल्क औषधि वितरण गरिएको छ । यहाँका किसानले लगाएको धानबालीमा ढुसीजन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निःशुल्क विषादी वितरण गरिएको हो । धान रोपको महिना दिनपछि धानका जरा कुहिने (फुट रुट) र पात पहेँलिने (सेट ब्लाइट)को प्रकोप फैलिएपछि किसानहरु पीडित बनेका थिए ।
गाँज राख्ने बेलाका धानबालीमा प्रकोप फैलिएर खेत नै खाली हुन थालेपछि नमूना सङ्कलन गरी क्षेत्रीय बाली विज्ञान प्रयोगशालामा पठाइएकामा जरा कुहिने र डढुवा रोग लागेको पुष्टि भएको थियो । यो ढुसीजन्य रोगका कारण फैलिएको प्रकोप भएको पुष्टि भएपछि किसानलाई तत्काल नियन्त्रणका लागि आवश्यक मात्रामा औषधि वितरण गरिएको फलेवास नगरपालिकाका कृषि शाखाका प्रमुख केदार सापकोटाले जानकारी दिए ।
फलेवासको कृषि शाखा, कृषि ज्ञान केन्द्रबाट र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइबाट पर्याप्त मात्रामा औषधि र औषधि छर्नका लागि आवश्यक यन्त्र उपकरण तथा तालिम प्रदान गरिएको हो । किसानलाई तत्कालका लागि बेभिष्टिन, भेलिडामाइसिन, बम्पर बोनस जस्ता विषादी वितरण गरिएको थियो ।
प्रयोगशालाबाट आएको रिपोर्टका आधारमा जिल्लाका सबै किसानलाई विषादी सिफारिस गरिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत सोविता सुवेदीले जानकारी दिए । विषादीको प्रयोगसँगै कृषकलाई विषादी हालेपछि अपनाउनुपर्ने अन्य उपायका बारेमा समेत अभिमूखीकरण गरिएको छ ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बीउको उपचार नगरीकन लगाइएका कारण धानबालीमा ढुसी रोग फैलिएको बताए । धानले गाँज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नका लागि विषादी वितरण गरिएको छ । अब किसानले विषादीसँगै बाली जोगाउनका लागि रोगी बोट तत्कालै हटाउने, साँझ ४ बजेपछि विषादी छर्किनुपर्ने, पानीको निकास दिनुपर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग गर्न नहुने सुझाव दिएको बताए ।
फलेवास वडा नं ९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठो बुढो धानखेतीमा ढुसी र फट्याङ्ग्राले नष्ट गरेको स्थानीय किसान लोकप्रसाद काफ्लेले बताए । ठूलो लगानी गरेर धानखेती गरे पनि समयमै रोग लागेर नष्ट गरिदिएको उनको गुनासो रहेको छ । विषादी प्रयोग गरेपछि रोगकीराको प्रकोप न्यूनीकरण हुँदै गएको उनको भनाइ छ ।
रैथाने जातका धान र खुमल–४ तथा जेठो बुढो धानलगायत ठाउँमा ढुसीको प्रकोप बढी देखिएको थियो । जिल्लाको झन्डै एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा प्रकोपको समस्या देखिएको थियो । सबै ठाउँमा पर्याप्त विषादी वितरण गरिएकाले अब थप क्षति हुन जोगिनाका साथै धानबालीसमेत सप्रिँदै जाने अपेक्षा गरिएको नगर कृषि सञ्जाल फलेवासका संयोजक विनोद भुसालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार