सिमताल पहिरो : मृतक र बेपत्तालाई राहत लिन जिप्रका रौतहटको अनुरोध
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १६:४०:२६
सञ्जय मिश्रा
२७ साउन, रौतहट। चितवन जिल्लाको भरतपुर महानगरपालिका २९ सिमलताल नजिक पहिरोमा परी बेपत्ता भएको गणपती डिलक्स बसमा रही मृत्यु तथा बेपत्ता भएका यात्रुको परिवार लाई राहत लिन जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरेको छ।
गत असार २८ गते बिहान साढे ३ बजे काठमाडौं बाट रौतहट तर्फ आईरहेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपती डिलक्स बस लाई अचानक माथि बाट आएको पहिरोले बगाउँदा त्रिशुली नदीमा बगाएको थियो।
घटना लगतै असार ३१ गते नेपाल सरकारको मन्त्री परिषदले गरेको निर्णय अनुसार घटनामा परी मृत्यु तथा बेपत्ता भएका रौतहटका मृतकको आफन्त पीडित परिवारलाई राहत लिन आउनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको हो।
बसमा सवार रही त्रिशुली नदीमा मृत्यु तथा वेपत्ता भएका यात्रुको नजिकका नातामा पर्ने हकदार आमा, बुबा, दाजु भाई, दिदी बहिनी पती पत्नी, छोरा छोरी लाई जिल्ला प्रशासन कार्यालय रौतहटको आर्थिक प्रशासन शाखाको ९८५५०४४५२७ मोबाईल नम्बरमा सम्पर्क गरेर आउन सिडियो हिरालाल रेग्मी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
राहतको लागि आउँदा सम्बन्धित वडाको सिफारिस, मृतकको नागरिकता, मृत्यु दर्ताको फोटोकपी, नाता प्रमाणित, राहत वुझ्नेको नागरिकताको फोटोकपी, कुनै पनि बैंकको चेकाबुकको फोटोकपी अनिवार्य लिएर आउनु पर्ने जिल्ला प्रशासन कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
काठमाडौंबाट रौतहट तर्फ आईरहेको गणपती डिलक्स बस र बिरगंज बाट काठमाडौं जाँदै गरेको एनजल ट्राभल्स बस सिमालताल नजिक पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता हुँदा दुबै बसको गरेर ६५ जना वेपत्ता भएका थिए। सो मध्ये केहीको शव बरामद भएको थियो भने केहीको अझै बरामद हुनसकेको छैन। यात्रु संगै बेपता भएका बसको खोजी गर्न नेपाल र भारतको गोताखोर परिचालित भएपनि सफल भएनन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको महालक्ष्मीमा रुखले किच्दा एक जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार