कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १७:३७:२३
२७ साउन, गोदार 'धनुषा' । हुलाकी राजमार्गअन्तर्गत धनुषा—सिरहा जोड्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक सुत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि दिइएको छ । माग सुनुवाइ नभए त्यसपछि थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उल्लेख छ ।
ज्ञापन पत्र बुझाउनुअघि धनुषा र सिरहाका विभिन्न ठाउँबाट राजनीतिकर्मी, बुद्धिजीवी, युवा र सरोकार भएकासहित बृहत् ¥याली निकालिएको थियो । ज्ञापनपत्रमा सङ्घीयता आएको नौ वर्ष बित्दा पनि एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के भनेर प्रश्न गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार