चरम लापरबाहीले विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार १८:१५:१२
२७ साउन, काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ बर्षिय पथरीको विमारीको अप्रेशनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको पित्त थैलीको अप्रेशनमा चरम लाप्रवाही भएर मृत्यु भएको उनका आफन्तजनहरूले बताएका छन् ।
हस्पिटलमा २१ गते अप्रेशनका लागि भर्ना भएकी मगरको पित्त थैलीको सामान्य अप्रेशनमा पनि अस्पतालले ठुलो लाप्रवाही गरेको आफन्तहरूको भनाइ छ । मगरको मृत्यु भएपछि हस्पिटलमा ठुलो संख्यामा उनका आफन्त तथा छिमेकीहरू भेला भएका छन् । विरामीको मृत्यु केही दिन अघि नै भएपनि झडप हुने आशंकामा हस्पिटलले ठुलो मात्रामा प्रहरी तथा बाउन्सर प्रयोग गरेको त्यहाँ रहेका विरामीका आफन्तहरूले बताएका छन् ।
सिकारु डाक्टरहरूले चरम लाप्रवाहीपुर्वक विरामीको अप्रेशन गर्दा विभिन्न नसाहरू काटिएर विरामीको मृत्यु भएको हुनसक्ने आफन्तहरूले बताए । यद्यपी के कारणले विरामीको मृत्यु भएको भन्नेबारे अस्पताल प्रशासनले बताउन नचाहेको त्यहाँ उपस्थीतहरुले बताए । हस्पिटलले विरामीको आफन्तहरूसँग पनि कुनै खालको वार्तालाप गर्न नचाहेको, बरु प्रहरी प्रशासनको बलमा घटना सामसुम पार्न खोजेको बताएका छन् ।
पहिल्यै देखि सोही हस्पिटलमा चेकजाँच गर्दै आएकी मगरले गत बर्ष जाँच गराउँदा ७ एमएमको पत्थरी छ, चाँडै अप्रेसन गर्दा पछि समस्या हुन्न भनेर विरामीमा परामर्श गरेको उनको आफन्तले बताए । सोही पथ्थरीको अप्रेसन गर्दा लाप्रवाहीको कारण विरामीको मृत्यु भएको, अप्रेशनको क्रममा ७–८ लाख बढी विल निकालेको, करिब ४० पाउन्ड रगत खोज्न लगाएको र ४ दिन भेन्टिलेटरमा राखेर अन्त्यमा विरामी नरहेको हस्पिटलले बताएको उनका आफन्त बताउँछन् ।
बेला बेला यस्तै खालका घट्नाहरु घटदै आएको सो हस्पिटलले माफी माग्नु पर्नेमा उल्टै शक्ति प्रयोग गरेर धरपकड गर्न थालेपछि मृतकका आफन्तजनहरू भडकिएका छन् । उनीहरुले यस्तो अस्पताल मध्ये राजधानीमा सञ्चालनमा रहनु नै बिडम्बना भएको र अस्पताल बन्द नै गरिनु पर्ने माग राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार