हँसिलो मुहार भएको मानिस सबैको प्यारो, फाइदा यस्ता छन् !
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख १६, २०७६ मंगलबार ०:३७:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/laughing-pointing_E0280mLhd1.jpg)
एजेन्सी । भनिन्छ नि जो धेरै हास्छ उ सधै स्वस्थ्य हुन्छ अथवा हँसमुख अनुहारले अरूको मन सजिलै जित्न सक्छ । त्यसैले, हँसिलो मुहार भएको मानिस सबैको प्यारो हुन्छ ।
प्रायः सफल मानिसका पछाडि हाँस्नु अर्थात् खुसी रहनुले विशेष अर्थ राखेको हुन्छ । अर्थात्, जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ । हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ । हाँसो सर्वसुलभ प्राकृतिक औषधि नै हो ।
अब जान्नुहोस्, हाँस्नुका फाइदा:
तनाव कम
हामी हाँस्दा हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ । सो हर्मोनको काम तनाव कम गर्ने हो । तसर्थ, दिल खोलेर हाँसेर तनाव व्यवस्थापन गर्न सकिन्छ । तनावकै कारण हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो ।
स्वस्थ जीवन
हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसकारण हाम्रो शरीरमा स्वतः ऊर्जा आउँछ । खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । त्यस्तै, हाँसोले प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने भएकाले शरीरलाई बाहिरी ब्याक्टेरियाबाट जोगाउँछ । साथै, अनिद्राको समस्या हटाउन पनि हाँस्न जरुरी छ ।
व्यवसायमा सफल
व्यवसाय गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छ । अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक–अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । जो व्यवसायीका लागि सकारात्मक पक्ष हो । हँसिला मानिस मात्र व्यवसायमा सफल छन् भन्ने प्रमाणित भइसकेको तथ्य हो ।
सकारात्मक ऊर्जा पैदा
जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ । अनि, शरीरमा सकारात्मक ऊर्जा प्रदान हुन्छ । खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ । अनि, बिहानैदेखि खुसी छाउँछ ।
सामाजिक सम्बन्ध विकास
अमेरिकामा भएको एक अध्ययनले हँसिला मानिसको परिवारमा सम्बन्धविच्छेद कम हुने देखाएको थियो । मुस्कुराएर बोल्दा परिवारमा झै–झगडा कम हुने र सम्बन्ध सुमधुर रहने हुन्छ । यसले एक–अर्कामाथि द्वेषको भावना आउँदैन । फलस्वरूप सामाजिक सम्बन्धसमेत बलियो हुन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार