न्यायपालिकाको श्रीवृद्धिमा कानुन व्यवसायी परिषद्को भूमिका महत्वपूर्णः प्रधानन्यायाधीश
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार २२:१९:४८
२७ साउन, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको श्रीवृद्धिमा कानुन व्यवसायी परिषद्को अहम् र महत्वपूर्ण भूमिका भएकोे बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्को ३१औँ वार्षिकोत्सवको अवसरमा आज उहाँले परिषद्ले कानुनी शिक्षामा सुधार, क्षमता अभिवृद्धि र व्यावसायिक विकास, आचरण र अनुशासनको अनुगमनलगायत न्याय क्षेत्रको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पु¥याउनसक्ने धारणा व्यक्त गरे ।
“कानुन व्यवसायीहरु अदालत र समाजबीचको सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण कडीका रुपमा रहने भएकाले कानुन व्यवसायी परिषद् त्यसको एउटा सम्बन्ध सेतु बन्न सक्दछ”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “न्यायपालिकाका काम कारबाहीबारे यथार्थ अवस्था आमनागरिकको तहसम्म सम्प्रेषित गर्ने र नागरिकका अपेक्षा एवं न्याय क्षेत्रमा गर्नुपर्ने सुधारका पक्षका बारेमा संवाद गर्ने केन्द्रको रुपमा परिषद्लाई स्थापित गर्न सकिन्छ ।”
न्यायपालिकाप्रति विश्वस्त वातावरणको निर्माण गर्दै सेवाग्राहीको अपेक्षा अनुरुपको कार्यसम्पादन र सेवाप्रवाहमार्फत आमनागरिकको भरोसाको केन्द्रका रुपमा स्थापित गरी सूचना प्रविधिको माध्यमबाट न्यायिक काम कारवाहीलाई व्यवस्थित, पारदर्शी एवं अनुमानयोग्य बनाउन सकिने उनको भनाइ थियो । सर्वोच्च अदालतमार्फत गत आर्थिक वर्षमा भएका मुद्दा फछ्र्योट अहिलेसम्मकै ऐतिहासिक उपलब्धि भएको र पुराना बक्यौता मुद्दाको न्यूनीकरण सारभूत रुपमा हुन सकेको उनको भनाइ थियो ।
“सबै तहका अदालतले मुद्दा फछ्र्योट र बक्यौता न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्, न्यायपालिकाले गरेका सुधारका प्रयास र प्राप्त उपलब्धिबारे यहाँहरु सबै जानकार नै हुनुहुन्छ”, उनले थपे, “न्याय क्षेत्रका सरोकारवालाहरु सबै निकायको सहयोग र सहकार्यबाट नै यस किसिमको महत्वपूर्ण उपलब्धि हासिल हुन सकेको हो ।”निर्वतमान महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले कानुन व्यवसायलाई मर्यादित र व्यावसायिक बनाउन परीक्षा प्रणालीमा सुधार गरिनुका साथै विधागत तालिम पनि सञ्चालन गर्ने अभ्यास गरिनु महत्वपूर्ण काम भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...
पुष १२, २०८१ शुक्रबार
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे काठमाडौं आउँदै
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार