बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाई
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार ८:५६:२८
२८ साउन, ढाका । बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानून उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाइ दिइएको थियो । त्यस्तै सरकारकी सल्लाहकार नूरजहाँ बेगम पनि भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छन् ।
बंगलादेशी पत्रिका डेली स्टारका अनुसार भ्रष्टाचार विरोधी आयोगले ढाका अदालतमा दायर गरेको उजुरी फिर्ता लिएको हो । मोहम्मद युनुसलाई ग्रामीण टेलिकमको अध्यक्ष हुँदा श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो । युनुस बाहेक, ग्रामीण टेलिकमका निर्देशक अशरफुल हसन, मोहम्मद शाहजहान र वर्तमान अन्तरिम सरकारका सदस्य नूरजहाँ बेगमलाई पनि श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो ।
यसै वर्ष जनवरीमा यस प्रकरणका सबै अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवाना सुनाइएको थियो । त्यस्तै गत जुनमा युनुससहित अन्य १३ जनालाई ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । यस मुद्दामा पनि युनुसले सफाइ पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार