बंगलादेशमा अन्तरिम पहिलो मन्त्रिपरिषद् बैठक
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार ११:४३:३२
२८ साउन, काठमाडौं । बंगलादेशमा अन्तरिम सरकार गठन भएको चार दिनपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको निवासमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको छ ।
१७ सदस्यीय मन्त्रिपरिषदका १६ सदस्य मात्रै आइतबारको बैठकमा सहभागी थिए । बंगलादेशी समाचार संस्था द डेली स्टारका अनुसार आइतबारको बैठकले विद्यार्थी आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको छ । प्रदर्शनमा घाइते भएकाहरूको सूची चाँडै बनाउने र उनीहरूलाई सरकारले नै उपचार गर्ने निर्णय आइतबारको बैठकले गरेको डेली स्टारले लेखेको छ ।
त्यस्तै प्रदर्शनमा मारिएकाहरूका परिवारलाई पनि सरकारले सहायता दिने निर्णय गरेको छ । बंगलादेशमा एक महिनाभन्दा लामो समय चलेको विद्यार्थीहरूको प्रदर्शनका क्रममा ४ सय जना भन्दा बढीले ज्यान गुमाएको र हजारौं घाइते भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार